समाचार
जसपाले भाइरल बनाएको घन्टाघर अगाडिको सडकको यर्थात यस्तो छ
खाल्डा खुल्डीका कारण महानगरवासीले दुख मर्का पाएपनि महानगरपालिकाले उक्त सडक मर्मत सम्भार गर्न नसक्ने उनले बताए । उता, रजतजयन्ती चोकदेखि मितेरी पुलसम्म १३ सय मिटर सडक मर्मतको काम पनि अझै अघि बढ्न सकेको छैन । समा कन्स्ट्रक्सनसँग ५ करोड रुपैयाँमा सम्झौता भएकोमा ठेक्का नपाएका ठेकेदारले मिलेमतो भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेपछि अदालतले काम अघि नबढाउन भन्दै अन्तरिम आदेश जारी गरेको थियो ।