मधेस सरकारले सहिद परिवारलाई मासिक २१ हजार दिने

कार्यविधि अनुसार मधेस आन्दोलन तथा जनयुद्धमा सहिद भएकामध्ये आर्थिक अवस्था कमजोर भएका परिवारलाई पहिलो प्राथमिकतामा राखी मासिक अधिकतम २१ हजार प्रदान गरिने बताइएको छ ।

सम्वादाता | २०७९ असार १६ गते १५: १५ मा प्रकाशित

वीरगन्ज– मधेस प्रदेश सरकारले मधेस आन्दोलन र जनयुद्धका सहिद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग गर्ने भएको छ । सरकारले मधेसी सहिद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै सहीदका छोराछोरीलाई अध्ययनका लागि छात्रवृत्तिसमेत दिन लागेको हो । प्रतिष्ठानका संयोजकसमेत रहेका गृह तथा सञ्चारमन्त्री भरत साहले यही महिनादेखि नै वितरण गर्ने लक्ष्य रहेको बताए । उनका अनुसार सहिद परिवारको भरणपोषण तथा छात्रवृत्तिसम्बन्धी कार्यविधि नै बनाइएको छ ।
कार्यविधि अनुसार मधेस आन्दोलन तथा जनयुद्धमा सहिद भएकामध्ये आर्थिक अवस्था कमजोर भएका परिवारलाई पहिलो प्राथमिकतामा राखी मासिक अधिकतम २१ हजार प्रदान गरिने बताइएको छ । यस्तै, सहिदका छोराछोरीलाई सन्तानलाई कक्षा १ देखि ६ सम्म अध्ययन गर्न १६ हजार र ७ देखि १२ सम्मको अध्ययन गर्नेलाई १८ हजार वार्षिक रूपमा एकमुष्ठ छात्रवृत्ति दिइने मन्त्री साहले बताए ।

 

प्रतिक्रिया दिनुहोस्