वीरगञ्ज - जिल्ला समन्वय समिति (जिसस) रौतहटमा गठबन्धन उम्मेदवार प्यानलसहित विजयी भएका छन् । आइतबार सदरमुकाम गौरमा भएको निर्वाचनमा काँग्रेस,समाजवादी र माओवादी गठबन्धनका उम्मेदवार प्यानलसहित विजयी भएका हुन् । १८ स्थानीय तहको कुल ३६ मत भएको निर्वाचनमा काँग्रेसबाट सभापति पदका उम्मेदवार रामअयोध्या यादवले कुल २६ मत प्राप्त गरी विजयी भए । त्यसैगरी उपसभापतिमा समाजवादीका महेश बैठा कुल २५ मत प्राप्त गरेर भए । सदस्यतर्फ काँग्रेसका अशोक कुमार झा, ईन्दु देवि, बिजुलिया पाश्वान र शेख मोज्जमिल जनही २५ मत प्राप्त गरेर विजयी भए ।
अन्य सदस्यहरुमा समाजवादीका किरण देवि पण्डित,सरफलाल यादव र माओवादीका महिला सदस्य कमला ढकाल विजयी भएको नेपाली काँग्रेसका नेता अर्जुन यादवले रातोपाटी बताए । दुई गाउँपालिका र १६ नगरपालिका रहेको रौतहटमा गठबन्धनको २४ एमालेको ५ र जसपा लोसपाको ७ मत रहेको थियो । तर आइतबार भएको निर्वाचनमा जम्मा ३१ मत मात्र खसेको थियो ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्