वीरगन्ज– परवानीपुर गाउँपालिका लिपनीमाल बाराको १० औं गाउँसभा शुक्रबार सभ्य र भव्य रुपमा सम्पन्न भएको छ । परवानीपुर स्थित कृषि अनुसन्धान निर्देशनालयको सभाकक्षमा सम्पन्न भएको हो । सभामा आ।व। २०७९।०८० का लागि रु। ४३ करोड ५४ लाख २१ हजारको आय विवरण प्रस्तुत गरिएको छ । परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले आय विवरण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाले यस अन्तर्गत संघीय वित्तिय समानीकरण रु १० करोड ९१ लाख, संघीय सशर्त अनुदान चालु तर्पm रु। ९ करोड २७ लाख, संघीय सशर्त अनुदान पुजिगत तर्फ रु १ करोड २५ लाख, संघीय सरकार समपुरक अनुदान तर्फ रु ४० लाख, संघीय सरकार विशेष अनुदान तर्फ रु ९ करोड ८० लाख, प्रदेश वित्तिय समानीकरण तर्फ रु ७६ लाख २७ हजार, प्रदेश समपुरक अनुदान तर्फ रु २० लाख, प्रदेश विशेष अनुदान रु ३० लाख, संघीय राजस्व बांडफांड तर्फ रु ६ करोड ४४ लाख ४२ हजार, प्रदेश राजस्व बांडफांड तर्फ रु २० लाख, आन्तरिक श्रोत अनुमानित तर्फ रु २ करोड, आ।व। २०७८।०७९ को नगद मौज्दात तर्फ रु २ करोड, प्राकृतिक श्रोतको रोयाल्टी तर्फ रु ५२ हजारको आर्थिक आय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभाका प्रमुख अतिथि परवानीपुर गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको सभापतित्वमा भएको सभामा प्रमुख अतिथि नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री महिला नेतृ ज्वाला कुमारी साहले बजेट नीति तथा कार्यक्रम राम्रो रहेको उल्लेख गर्दै यसलाई सफल पार्न सकेमा झन् राम्रो हुने बताउनु भएको थियो ।
सबै पक्षको सहयोग र सहकार्यबाट यसलाई सान्दार रुपमा सफल पार्न सकिन्छ भन्दै उहाले ‘‘अहिले देखि नै सबैले आ–आप्mनो ठाउँबाट काम शुरु गरि हाल्नु पर्छ’’ । राम्रो सँग काम गर्न सक्ने पालिकालाई प्रदेश र संघीय सरकारबाट थप अनुदान आउन सक्ने भएकोले यसमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । पालिका भित्र विकास निर्माण संगै आर्थिक अवस्था कमजोर भएकाहरुको डाटा संकलन गरेर राहतका प्याकेज ल्याउनुपर्नेमा जोड दिनुभएको थियो । कृषि प्रधान देश भएर पनि यहांका कृषकहरु नै बढी समस्या भोग्न बाध्य भएकोले समाधान गर्न पालिका सक्नु पर्ने धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले प्रस्तुत भएको बजेट नीति तथा कार्यक्रमहरु उत्कृष्ट रहेकोले यसलाई सफल पार्न सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको बताउनु भएको थियो । गाउँ सभाबाट आएका महत्वपूर्ण राय सुझावहरुलाई आत्मसाथ गर्दै पुरा गर्ने प्रतिबद्धता दिलाउनु भएको थियो । अध्यक्ष कुर्मीले ‘‘ हामी यसपालिका भित्रका समस्या र चुनौतीहरुलाई बुझेका छौं, सबैको सुझ बुझ बाट समाधान गर्दै अगाडि बढ्न, बढाउन सकिन्छ’’ बताउनुभयो ।
कार्यक्रममा विशिष्ठ अतिथिमा नेकपा एमाले केन्द्रिय अनुशासन समितिका सदस्य एवं संविधानसभा सदस्य नेजमा खातुनको उपस्थिति रहेको थियो । सभामा नेकपा एमाले मधेश प्रदेश कमिटि सदस्यहरु सोचन प्रसाद यादव, मोबिन आलम र उमेश गुप्ताले गाउंपालिकाको चौतर्फी विकास निर्माण र सामाजिक विकासका लागि सबैले आ–आप्mनो ठाउँबाट काम गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा परवानीपुर गाउँपालिकका उपाध्क्ष सुगान्धी देवी कनुईनीको समेत उपस्थिति रहेको थियो । सभामा स्थानीय निर्वाचनका अध्यक्ष पदमा प्रत्यासी उम्मेदवारहरु लोसपाका जगत नारायण महतो, जसपाका संजु साह, नेकपा माओवादीका अजय पटेल, नेपाली कांग्रेसका लालबाबु यादव र नेकपा माओवादीका वडा अध्यक्षका उम्मेदवार लालबहादुर पटेल लगायतले आ–आप्mना धारणा व्यक्त गर्नुभएको थियो । पालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिप कुमार राउतको संचालनमा र शिक्षा अधिकृत विध्यानन्द प्रसाद यादवको स्वागत मन्तव्यमा सभा भएको थियो । सभामा प्रमुख अतिथि, विशेष अतिथि, अतिथि तथा निर्वाचित जनप्रतिनिधि, पालिकका सम्पूर्ण कर्मचारीहरु, संचारकर्मी र शुभेच्छुकहरुलाई दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्