कुखुरामा बर्डफ्लु देखियो

सुर्खेतको वीरेन्द्रनगरमा  नगरपालिकामा बर्डफ्लु देखिएको छ ।

सम्वादाता | २०७९ असार ८ गते १८: २९ मा प्रकाशित

सुर्खेत - सुर्खेतको वीरेन्द्रनगरमा  नगरपालिकामा बर्डफ्लु देखिएको छ । वीरेन्द्रनगर–३ का कृषक टेकराज आचार्यको फर्ममा पालेका टर्की कुखुरामा बर्डफ्लु देखिएको प्रदेश पशुपंक्षी निर्देशनालयले पुष्टि गरेको छ ।

बर्डफ्लु देखिएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको आकस्मिक वैठकले ती पंक्षीहरु तत्काल नष्ट गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालका अनुसार प्रभावित स्थलमा पंक्षीहरु नष्ट गर्नका लागि आरआरटी ९रिभ्यु रेस्क्यू टिम० पठाइसकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्