वीरगञ्ज - पर्साको बहुदरमाई नगरपालिका–९ विश्रामपुरस्थित भंगी साह उच्च माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित भएका छन् । विद्यालयमा दरबन्दी अनुसारको शिक्षक नहुँदा पठनपाठन प्रभावित भएपछि कक्षा ९ र १० का विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।
आइतबार प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले विद्यालयको मुख्य प्रवेशद्वारमा तालाबन्दी समेत गरेका छन् । उनीहरुले सबै विद्यार्थी मिलेर विद्यालय बन्द गरेको, शिक्षक प्रयाप्त उपलब्ध गराउनुपर्ने, बिषयको अध्यापन हुनुपर्ने र शिक्षक समयमा आए पढाउनुपर्ने माग विद्यालयको मुख्य प्रवेशद्वारमा टाँसेका छन् ।
मावि तहमा दिनको ७ घण्टी पढाइ हुन्छ । कक्षा ९ र १० मा गरेर १४ घण्टी पढाउनुपर्ने हुन्छ । तर प्रधानाध्यापक सहित मावि तहमा जम्मा ४ जना मात्र शिक्षक छन् । प्रधानाध्यापक कामले बाहिर जाँदा होस वा एउटा शिक्षक विदामा बस्ने वित्तिकै पठन पाठनमा समस्या हुने गरेको विद्यार्थीहरु बताउँछन् ।
शिक्षक पदपूर्ति गर्न ७ दिनको अल्टिमेट दिँदा समेत कुनै सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको कक्षा १० का विद्यार्थी निरज ठाकुरले बताए । विद्यालयमा सामाजिक, स्वास्थ्य, अंग्रेजी, गणित, अर्थशास्त्रका शिक्षक नभएको उनले बताए ।
नगरपालिका र वडामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि पनि विद्यालयको समस्याप्रति ध्यान नदिएको गुनासो विद्यार्थीको छ ।
विद्यालयले दिएको जानकारी अनुसार एक जना शिक्षक शिक्षक सेवा आयोगद्वारा लिने प्रावि र निमावि तहको परीक्षाका लागि गएका छन् । त्यसैले केहिदिन यता विद्यार्थीको पढाइ प्रभावित छ ।
प्रधानाध्यापक सुधाकर उपाध्यायले आफूले मात्रै विद्यार्थीले झेल्दै आएको समस्याको समाधान गर्न नसक्ने बताए । ‘आवश्यक शिक्षक नहुँदा समस्या उत्पन्न भएको हो, मावि तहमा म समेत ४ जना शिक्षक छौं । चारै जना शिक्षकले दिनको चार चार घण्टी पढाउने गरेका छौं । कुनै शिक्षक अत्यावश्यक काम परेर विदामा बस्दा विद्यार्थीको पठनपाठन प्रभावित हुने गरेको छ’, उनले भने, ‘भएको एक जना शिक्षकलाई पनि नगरपालिकाले अन्यत्रै पठाइदियो । समस्या समाधानका लागि नगरपालिकासँग थप शिक्षक माग गरेका छौं ।’ सभार : अनलाइनखबर
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्