आइजिपी नियुक्ति विवादको आज सुनुवाइ हुँदै

नेपाल प्रहरीको आइजिपी नियुक्तिविरुद्धको रिटमा आजबाट चौथो सुनुवाइ हुँदै छ ।

सम्वादाता | २०७९ असार १९ गते १२: ४७ मा प्रकाशित

काठमाडौं - नेपाल प्रहरीको आइजिपी नियुक्तिविरुद्धको रिटमा आजबाट चौथो सुनुवाइ हुँदै छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको सुनुवाइ हुन लागेको हो ।

कायममुकायम प्रधानन्यायाधीश कार्की नेतृत्वको इजलासमा आइजिपी विवादको मुद्दा चौथोपटक सुनुवाइ हुन लागेको हो । गत वैशाख १८ मा सरकारले नेपाल प्रहरीको आइजिपीमा धीरजप्रताप सिंहलाई नियुक्ति गरेको थियो ।


वरिष्ठता मिचेर आफूभन्दा कनिष्ठलाई आइजिपी बनाएको भन्दै एआइजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्