वीरगन्ज– पर्साको पटेर्वा सुगौली गाउँपालिकाको आयोजनामा आर्थिक बर्ष २०७९/०८० को वार्सिक निती तथा कार्यक्रम प्रस्तुतीकरण कार्यक्रम तथा दोस्रो कार्यकालको प्रथम अधिबेसन सम्पन्न भएको छ । पुर्ब मन्त्री सुरेन्द्र प्रसाद चौधरीको प्रमुख आथित्यमा भएको कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिकाको निती तथा कार्यक्रमको प्रस्तुतीकरण गाउँ पालिका उपाध्यक्ष ममता महतोले गर्नु भएका थियो । कार्यक्रममा गापाको प्रमुख प्रशासकीय अधिकृत संदेश कुमार यादव, गापाका पाँचै वडाका वडाध्यक्षहरु, वडा सदस्यहरु, लगाएत स्थानीय संचारकर्मी तथा गापाका सम्पुर्ण कर्मचारी हरुको उपस्थिति रहेको थियो । स्वागत मन्तब्य गाउँ पालिकाको प्रमुख प्रशासकिय अधिकृत संदेश कुमार यादवले दिएका थिए । कार्यक्रममा गत बर्ष अनुमानित मौज्दात रकम रु।२५ करोड र १६ करोड १० हजार गरि आजको कुल अनुमानित बजेट रकम रु। ४१ करोड १० हजार रुपैयाको निति तथा कार्यक्रम बजेट गाउँ पालिका उपाध्यक्ष तथा योजना तर्जुमा संयोजक ममता महतोले प्रस्तुत गर्नु भएका थिए। गाउँ पालिकाले शिक्षा, स्वास्थ, कृषि ,पर्यटन,भौतिक पुर्वाअधार,लगाएत आवश्यक भए जतीको कर्यहरुलाइ प्रमुख प्राथमिकतामा राखिएको । दुधेश्वरनाथ माहदेव (भाठा बाबा) मन्दिर, गादीमाई मन्दिर, भौरीमाई मन्दिर,बनसपतीमाई मन्दिरहरुलाइ पर्यटकिय क्षेत्र बनाउने प्रतीको प्रस्तुत कार्यक्रममा उपाध्यक्ष महतोले बताए । स्वास्थ्य क्षेत्रमा घर घरमा स्वास्थ सेवा प्रदान गर्ने,गर्भवती महिलाई निस्शुल्क एम्बुलेन्सको ब्यवस्था मिलाउने,गाउँ पालिकालाई पुर्ण खोप युक्त पालिका घोषणा गरिने,गर्भवती महिलाई पोषण भत्ता को ब्यवस्था मिलाउने लगाएत युवाहरुको आय आर्जनको लागी सीप मुलक तालिम दिईने जस्ता कुराहरु बजेटमा प्राथमिकता दिइएको उपाध्यक्ष महतोले जानकारी गराए। कार्यक्रममा कृषि ,शिक्षा,स्वास्थ्य प्रती गापाले ध्यान दिने,युवाहरुलाइ बेरोजगारी सम्स्या हटाउनुको साथै सम्पुर्ण जनप्रतिनिधी तथा कर्मचारीहरुको साथ सहयोगले यो पटेर्वासुगौली गा पा लाई नमुना गापा बनाउने गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीले आफ्नो मन्त्ब्य दिनु भएका थिए। गा पा अध्य्क्ष चौधरीको सभापतित्वामा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख शम्भु साहले गर्नु भएका थिए।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्