निजगढ विमानस्थलको विकल्पबारे सर्वोच्चमा न्यायाधीशबीच फरक मत

तीन जना न्यायाधीश एकातिर, दुई अर्कैतिर

सम्वादाता | २०७९ असार १५ गते १८: ४३ मा प्रकाशित

काठमाडौं - निजगढमा अन्तराष्ट्रिय विमानस्थल बनाउने बारे सर्वोचच अदालतले जेठ १२ गते गरेको फैसलाको पूर्णपाठ तयार गरेको छ।
लिखित फैसला जारी हुँदा पाँच जना न्यायाधीश संलग्न पूर्ण इजलासमा मत बाझिएको छ । बहुमत पक्षका तीन न्यायाधीशले प्रस्तावित निजगढ विमानस्थलको विकल्प खोज्न सुझाएका छन् । तर उनीहरूले चार किल्ला तोकिएको निजगढको जंगलभित्रै एयरपोर्ट बनाउन मिल्ने वा बाहिर विकल्प खोज्न पर्नेबारे केही नबोलेको एक न्यायाधीशले बताए।
यो मतको पक्षमा न्यायाधीश ईश्वर खतिवडा, विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान राउत छन्। उनीहरूले पर्यावरण र वातावरणीय सुरक्षाका साथै दीगो विकासलाई हेरेर विकल्प खोज्न सुझाएका छन्।

अल्पमतको राय लेखेका हरिकृष्ण कार्की र मनोज शर्माले भने निजगढमै विमानस्थल बनाउन उपयुक्त विकल्प खोज्न सकिने ठाउँ भएको भन्ने राय दिएका छन्। एयरपोर्ट बनाउँदा धेरै जंगल नमास्न पनि भनेका छन्।

यो फैसलाको पूर्णपाठ सार्वजनिक आउने क्रममा रहेकाले बहुमत न्यायाधीशले निजगढमा एयरपोर्ट बनाउन रोक लगाएका हुन् वा होइनन् भन्ने यकिन छैन।

प्रतिक्रिया दिनुहोस्