वीरगन्ज– पोखरिया नगरपालिकाले अगामी आर्थिक वर्ष २०७९र८० को लागि ५१ करोड ९० लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ । शुक्रबार नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पुजिगत तर्फ २३ करोड १५ लाख तथा चालू खर्च तर्फ २८ करोड ७४ लाखको अनुमानित आय प्रस्ताव गरिएको हो । नगरपालिकाको कुल आन्तरिक श्रोतबाट ७ करोड २५ लाख आम्दनी मात्र देखिएको छ । नगरप्रमुख प्रदुमन चौहानको अध्यक्षतामा सम्पन नीति तथा कार्यक्रममा स्वास्थ्य ,शिक्षा ,कृषिको वर्तमान अवस्था लाई विकासोन्मुख बनाउदै सधार गर्ने, पोखरियामा इलाका कार्यालयको स्थापना, तथा आधुनिकरूपमा बजार व्यवस्थापन गर्ने, स्वास्थ्य सेवालाई अधिकत्म निशुल्क बनाउने मुख्य लक्ष्य रहेको छ । निशुल्करूपमा लोकसेवा कक्षा , शिक्षक सेवा, प्रहरी सेवा, बैंकिड्ग लगायतको तयारी कक्षा संचालन गर्ने, त्सैगरि कृषीबाट नगदेबालीको विकाश, अन्नबालीको उत्पादन बढाउने, प्रविधी तथा मलको सहुलित उपल्द्धता गराउने लगायतको योजनालाई प्राथमिकतामा राखिएको छ । कार्क्रममा प्रदेश सांसद प्रहलाद गिरी, संविधान सभा सदस्य रामेश्वर रौनियार, निवर्तमान उपप्रमुख सलमा खातुन, प्रमुख प्रशासकिय अधिकृत अशोक रौनियार , समाजसेवि खलिल मिया, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, नेपाली कांग्रेसका क्षेत्र नम्बर ३ अध्यक्ष श्रिकिशुन चौहान, नेकपा एमालेका नगर अध्यक्ष विन्धयाचल ठाकुर, नेकपा माओबादी केन्द्रका नगर अध्यक्ष पन्नालाल पटेल लगायतकाले शुभकामना व्यक्त गर्नु भयो ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्