निजी विद्यालयले लिने शुल्क काठमाडौँ महानगरले निर्धारण गर्ने

वीरगन्ज महानगरपालिकाले कहिलेबाट गर्छ शुल्क निर्धारण ?

सम्वादाता | २०७९ असार १० गते ०८: ४४ मा प्रकाशित

वीरगन्ज– निजी विद्यालयको शुल्क काठमाडौँ महानगरपालिकाले पुनरावलोकन गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरपालिकाका मेयर बालेन्द्र साहले यस्तो घोषणा गरेका हुन् । यसरी निर्धारण गर्दा अहिले भएको शुल्कको वैज्ञानिक पुनरावलोकन गर्ने घोषणा समेत गरिएको छ ।

वीरगन्ज महानगरपालिकाले समेत निजी स्कुलहरुले लिने शुल्क पुनरावलोकन गर्नुपर्नेमा अभिभावकहरुले जोड दिएका छन् । नयाँ शैक्षिक सत्र सुरु हुनसाथ यहाँका अधिकांश विद्यालयले मासिक शुल्क बाहेक वार्षिक शुल्कको नाममा प्रत्येक विद्यार्थीसँग ५ हजार देखि १० हजार रुपैयाँसम्म असुली गरिरहेका छन् ।

मासिक शुल्कमा समेन मनपरी वृद्धि गरेका छन् । निजी विद्यालयले वार्षिक शुल्क लिएर अभिभावकलाई दिएको रसिद सार्वजनिक भएका छन् । तर, वीरगन्ज महानगरपालिकाको शैक्षिक महाशाखा अतिरिक्त शुल्क असुल्ने स्कुलहरुको अगाडि नतमस्तक देखिएको छ । नवनिर्वाचित मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमले निजी विद्यालयको आर्थिक अराजकता नियन्त्रण गर्न पहलकदमी लिनुपर्ने देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्