वीरगन्ज– शुक्रबार अपराह्न एक बजे सुरु हुने भनिएको पर्सागढी नगरपालिकाको सातौँ नगर सभा साँझ ५ बजिसक्दा पनि सुरु भएको छैन् । पर्सागढीका मेयर गोकर्ण पाठकले छलफल नै नगरि एकलौटी नगरसभा आयोजना गर्न लागेको भन्दै ६ वटा वडाध्यक्ष सहित २४ जना कार्यपालिका सदस्यले विरोध जनाएपछि नगरसभा सुरु हुन नसकेको हो ।
कार्यपालिका सदस्य अस्लम आलमका अनुसार मेयर पाठकले नीति तथा कार्यक्रम समेत सार्वजनिक गरेका छैनन् । छलफल नै नगरि एकलौटी रुपले आफू निकटका सदस्यलाई राखेर नगरसभा आयोजना गर्न लागेको आरोप लगाउँदै असन्तुष्ट पक्षले रोष्ट्रम घेराउ गरेका छन् । विषयगत समितिहरुमा समेत मेयर पाठकले आफू निकट वडाध्यक्ष र सदस्यलाई मात्र राखेका छन् ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्