केपी ओलीलाई जगरनाथपुर बोलाएर एमाले प्रवेश गरेका जालिमले गैरकानुनी रुपले गाउँपालिकाको ३५ लाख खर्च गरेको खुलासा
तत्कालिन प्रशासकीय अधिकृत राज कुशवाहासँगको मिलेमतोमा जालिमले सडक ढलान बिना भुक्तानी गरेको, छात्राहरुको स्नेटरी प्याड कागजमा खरिद देखाएर भुक्तानी गरेको, गाउँपालिकाको धरौटी खाता निल गरेको लगायत भ्रष्टचार गरेका छन् । उक्त आर्थिक वर्षको राज कुशवाहाले गाउँपालिकाको महालेखा परीक्षकबाट लेखा परीक्षण समेत गराएका छैनन् ।