नामुद तस्कर दिनेश कलवारलाई ठुलो झटका, श्रीमती र सहयोगी माथि बिषेश अदालतमा मुद्दा दायर

नारायणी सिंचाई ०२ नम्बर ब्लाकको लाखौ रकम कामै नगरि नक्कली बिल भरपाई पेश गरेर निकाशा लिएको पुष्टी भएपछि कलवारको श्रीमती र सहयोगीलाई बिषेश आदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनु भयो ।

सम्वादाता | २०७९ मंसिर १२ गते २२: १५ मा प्रकाशित

पर्सा– पर्साको कालिकामाई गाउंपालिका १ मुड्ली निवासी नामुद तस्कर दिनेश कलवारलाई ठुलो झटका लागेको छ । भ्रष्टाचार अभियोगमा उनको श्रीमती कुसुम देवी कलवार र प्रमुख सहयोगी राजकिशोर पटेल माथी अख्तियार दुरुपयोग अनुसंधान आयोगले बिषेश अदालतमा मुद्दा दायर गरेको छ ।

नारायणी सिंचाई ०२ नम्बर ब्लाकको लाखौ रकम कामै नगरि नक्कली बिल भरपाई पेश गरेर निकाशा लिएको पुष्टी भएपछि कलवारको श्रीमती र सहयोगीलाई बिषेश आदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनु भयो । दुबै जनाबाट जनही ५ लाख ६१ ह्जारको दरले बिगो वसुल तथा कैद सजाएको मांग गरिएको हो ।

बिषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि सार्वजनिक पदमा रहेको व्यक्ति स्वतः पदमुक्त हुने व्यवस्था रहेको छ । सो व्यवस्था अनुसार आज कै मितिबाट कलवारको श्रीमती कुसुम र उनका सहयोगी पटेल पदमुक्त भएका छन । दिनेश कलवारले तस्करीबाट अकुत सम्पती खडा गरि रकमी चलखेलको आधारमा श्रीमती कुसुम देवीलाई नारायणी सिचांई ब्लाक २ को अध्यक्ष र प्रमुख सहयोगी राजकिशोरलाई कोषाध्यक्ष बनाएका थिए ।

 

२०६१ मा स्थापना भएको ब्लाक नम्बर २ को अध्यक्ष र कोषाध्यक्षमा कलवार श्रीमती र पटेल अपारदर्शी ठंगबाट पदमा बहाल रहदै लाखौ रकम कुमल्याएका छन । लागुऔषध र नक्कली नोटको तस्करीमा कैद सजाए समेत काटेका कलवारले तस्करी र सिचाईबाट आएको रमक खर्च गरि भतिज बशिष्ठ कुमारलाई कालिकामाई गाउपालिका अध्यक्षमा निर्वार्चित गराउन सफल भए ।

तर पाप धुरीबाट कराउछ, भन्ने जस्तै अहिले अख्तियार दुरुपयोग अनुसंधान कार्यालयले कलवार श्रीमती र सहयोगी माथी मुद्दा दायर भएपछि उनलाई ठुलो झटका लागेको समर्थकमा चर्चाको विषय बनेको छ । यस पछि पनि तिन वटा मुद्दामा अझै छानबीन भइरहेको छ । कलवारले गोप्यरुपमा खरिद र साधारण सभा गर्दै मनमौजी रुपमा सिंचाई संचालन गर्दै आएको स्थानियकोे आरोप रहदै आएको थियो ।

अख्तियारको कार्यवाही पछि स्थानिय कृषकमा खुसहाली छाएको छ । दशक देखी कागजमा बंधक बनाई एक्लौटी रुपमा सिंचाईको करौडो रकम हिनामिना गरेकाहरु बाट सिंचाईको २ नम्बर ब्लाक मुक्त हुनेमा कृषक आसाबादी छन ।

नहर निर्माणका क्रममा भ्रष्टाचार भएको आरोपमा नारायणी सिँचाइ व्यवस्थापन डिभिजन वीरगञ्जका कर्मचारी र उपभोक्ता संस्थाका पदाधिकारीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले नहर निर्माणको क्रममा भ्रष्टाचार भएको देखिएको आरोपमा नारायणी सिँचाइ व्यवस्थापन डिभिजन नम्बर ५, बहुअरी वीरगञ्जका दुई कर्मचारी र उपभोक्ता संस्थाका दुई जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

पर्सा ब्लक नम्बर २ र १० को नहर निर्माणका क्रममा उपभोक्ता संस्थालाई बद्नियतपूर्वक काम नै नभएको अवस्थामा पनि झुट्टा विल बनाई गलत भूक्तानी दिई/ लिई भ्रष्टचारजन्य काम गरेको भनि परेको उजुरीको आधारमा छानबिन गर्दा आरोप पुष्टि भएको जनाउँदै अख्तियारले कर्मचारी र उपभोक्ता संस्थाका पदाधिकारीहरुमाथि मुद्दा दायर गराइएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्