पटेर्वा सुगौली र पकाहामैनपुरमा गुप्ताकाे बिजयी जुलुुसमा जनलहर

गुप्ता विभिन्न वडाहरुमा घुम्दै मतदातासंग आर्शिवाद समेत लिएका थिए

सम्वादाता | २०७९ मंसिर १२ गते २३: २९ मा प्रकाशित

वीरगञ्ज - पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट विजयी प्रतिनिधिसभा सदस्य राजकुमार गुप्ताले निर्वाचित भएपछि आज पर्साको पटेर्वा सुगौली र पकाहामैनपुर गाउ“पालिकाका विभिन्न वडाहरुमा बिजयी जुलुुस तथा मतदातासंग भेटघाट गरेका छन् । नेता गुप्ता विभिन्न वडाहरुमा घुम्दै मतदातासंग आर्शिवाद समेत लिएका थिए । सो क्रममा नेता गुप्तालाई स्थानीयहरु फुलको माला लगाई स्वागत गरेका थिए । उनले मतदालाई भेट्दै आफुले चुनावमा वाचा गरेका हरेक कुरा पुरा गरेर देखाउने प्रतिद्धता ब्यतm समेत गरेका थिए । नेता गुप्ताको जीतसंगै यस क्षेत्रका जनताहरु पनि निकै खुसी भएका छन् । उनीहरुले अब आफ्नो क्षेत्रमा बिकास निर्माणका कामहरु हुनेमा आफुहरु विश्वस्त रहेको बताएका थिए । बिजय जुलुसको क्रममा पर्टेवा सुगौली गाउ“पालिकाका पूर्व अध्यक्ष हरिबाबु चौधरी, नेकपा एमालेका मधेश प्रदेश सदस्य शिव पटेल, पकाहामैनपुर गाउ“पालिका पूर्वअध्यक्ष विजय चौरसिया, पार्टीका नेता फरमान मिया“, राष्ट्रिय यूवा संघका अध्यक्ष महम्मद नेजामुद्दिन, सञ्जिव मिश्र, अखिलेश साह लगायत नेता, कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्