पर्सा ३ मा निर्वाचन आयोगको नयाँ झमेला

निर्वाचन आयोगले मलाई विजयी घोषणा गरिसकेको छ : गुप्ता

सम्वादाता | २०७९ मंसिर १० गते ०९: १३ मा प्रकाशित

वीरगन्ज– पर्साको प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचित सदस्य राजकुमार गुप्ताले मतगणनाको विषयमा भ्रममा नपर्न आग्रह गरेका छन् ।

पराजित मानसिकताको उपज को रुपमा केही उम्मेदवार र व्यक्ति ले सत्ता को आडमा भ्रम फैलाइरहेको मा सजग रहन आफ्नो क्षेत्रको जनसमुदाय मा आग्रह गरेका छन् । ‘केही व्यक्तिले गरिरहेको षड्यन्त्र को जनताले प्रतिकार गर्ने छ,’ गुप्ताले भने ।

प्रतिनिधि सभा सदस्य पर्सा क्षेत्र न ३ को मतगणना सकिएपछि सर्वदलीय सर्वसम्मतिले मुचुल्का उठाएर क्षेत्र न ३ को निर्वाचन अधिकृत योगनाथ ढकालले माइकबाट नेकपा एमालेका राजकुमार गुप्ता निर्वाचित भएको घोषणा गरेका थिए ।

निर्वाचन अधिकृत ढकालले मौखिक को साथमा सार्वजनिक सूचना समेत टास गरेका थिए । सबै उम्मेदवारले पाएको मत सहितको अन्तिम विवरण लेखेर त्यसमा निर्वाचन अधिकृतको कार्यालयकै छाप लगाउनुका साथै हस्ताक्षर गरेर ह्वाटसएपमा पठाएको गुप्ताले बताए ।

निर्वाचन आयोग को आधिकारिक बेवसाइट मा पर्सा ३ को प्रतिनिधि सभा सदस्य निर्वाचन को मतगणना को परिणाम को घोषणा गर्दै राजकुमार गुप्ता निर्वाचित भएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्