वीरगञ्ज २५मा ९० घन्टे सिलाइ कटाइ तालिम उद्घाटन

अध्यक्ष आशुतोष चतुर्बेदीले आफ्नो वडाका महिलाहरुको क्षमता विकास संगै आर्यआर्जन टेवा पुर्याउने उदेश्यले तालिम आयोजना गरेको बताए ।

सम्वादाता | २०७९ मंसिर २४ गते १७: १४ मा प्रकाशित

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ मा ९० घन्टे सिलाइ कटाइ तालिम उद्घाटन भएको छ । सीप सिकौं,रोजगार गरौं भन्ने मुल नाराका साथ ९० घन्टे सिलाइ कटाइ तालिम आज उद्घाटन भएको हो ।


सरिता सीप कला केन्द्र वीरगञ्जको आयोजना र वीरगञ्ज महानगरपालिका २५ नम्बर वडा कार्यालयको सहयोगमा तालिम भएको छ । तालिमको उद्घाटन समारोहमा प्रमुख अतिथि वडा अध्यक्ष आशुतोष चतुर्बेदीले आफ्नो वडाका महिलाहरुको क्षमता विकास संगै आर्यआर्जन टेवा पुर्याउने उदेश्यले तालिम आयोजना गरेको बताए ।


उनले भने घरमा महिलाहरु यतिकै बस्नुपरेको अवस्थामा सिपबाट घर ब्यवहारमा राहत होस् भन्ने योजना रहेकोले तालिमबाट सिकेका सीपलाइ ब्यवहारमा ल्याउन वडा अध्यक्ष चतुर्बेदीले आग्रह गर्नु भएको थियो ।


तालिमको उद्घाटन समारोहमा वडा सचिव हरेराम चौधरी ,महिला वडा सदस्य फुलेनिया देवी,बँका पटेल,बृजमोहन प्रसाद , प्रशिक्षक राधा चौधरी ,साहिना खातुन लगायतले आ,आफ्नो धारणा राख्नु भएको थियो ।


तालिममा ३५ जना महिलाहरुको सहभागी रहेको थियो।सरिता सीप कला केन्द्र बीरगञ्जका अध्यक्ष सरिता गुप्ताको अध्यक्षतामा कार्यक्रम उद्घाटन भएको हो कार्यक्रमको सहजिरण बंशीधर गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्