बहुअरीमा रोकिएको विद्यालय भवन अब छिट्टैे निर्माण हुने

लामो समयदेखि बिबादित अवस्थामा रहेको सरकारी विद्यालयको भवन निर्माणमा जनप्रतिनिधि र राजनीतिक दलहरूबीच सहमति जुट्यो ।

सम्वादाता | २०७९ मंसिर २४ गते १८: ५५ मा प्रकाशित

वीरगञ्ज – लामो समय देखि बिबादित अवस्थामा रहेको सरकारी विद्यालयको भवन अन्तत बन्ने भएको छ । बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी टोलमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको सरकारी भवन विगत २ वर्षदेखि बन्न नसक्दा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पठन पाठन निकै प्रभावित भएको छ । भवनको अभावमा विद्यालयमा विद्यार्थीहरुको सहभागिता दिनप्रतिदिन घटदै गएको छ ।

भवन निर्माणमा तत्कालीन वडा अध्यक्षले मनपरी र कानुन विपरीत कार्य गरेकोले स्थानीय युवाहरुले निर्माण कार्य रोकी सबैको सहमतिमा काम गर्न अडान लिएको र त्यस पश्चात पटक पटक बैठक बसे पनि ठोस निर्णय नहुदा अहिलेसम्म पनि विद्यालय भवनको निर्माण कार्य शुरु हुन सकेको छैन ।

तर गाउँपालिका अध्यक्ष रामक्षत्री पटेलको विशेष पहल र प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारको उपस्थितिमा आजको बैठकले विद्यालय वरिपरि रहेका ऐलानी जग्गा अधिग्रहण गरेर बसेका व्यक्तिबाट जग्गा छुट्याई विद्यालयको कम्पाउन्ड सहितको भवन निर्माण गर्ने विषयमा यहाँका जन प्रतिनिधि र राजनीतिक दलहरूबीच सहमती जुटेपछि लामो समय देखि विद्यार्थीहरुले भोग्दै आएको समस्याको निकास अब हुने भएको छ ।

बैठकले तत्कालका लागि १० जनाको सहयोग समिति गठनगरी जन प्रतिनिधिलाई सो काममा सहयोग गर्ने र छलफललाई निरन्तरता दिदै विद्यालय निर्माणको कार्यलाई सम्पन्न गर्नेगरी सहमती जुटेको छ । साथै जाडो समय भएकोले बिधालय निर्माण नभएसम्म तत्कालका लागि बिधालयको पठन पाठन श्री बिषणु नारायण धर्मशालामा गर्ने निर्णय पनि आजको बैठकले गरेको छ ।

बिधालय भवनको अभावमा निम्न आय भएकाहरुले आफना सन्तानलाई शिक्षा लिन दुर दराज विधालयमा पठाउन बाध्य भएका छन । नया जीतेर आएका जनप्रतिनीधिले पनि ठुला ठुला कुराहरु मात्र गर्ने तर समयमा काम नगर्दा आम नागरिकको बिश्वास जन प्रतिनीधिबाट घटदै गएको छ । आजको बैठक वडा नं ५ का वडा अध्यक्ष रामेश्वर साह कलवारको अध्यक्षतामा बसेको थियो ।

बैठकमा वडा सदस्य दारासिंह पटेल, उषा देवी राम, उमेश साह, टोलका प्रमुख राजनीति दलका लालबहादुर पटेल, युवा नेता सुनिल पटेल, रामेश्वर पटेल, श्याम राम, सुरेन्द्र पटेल, सुरेश पटेल, प्रमोद यादव, समाजसेवी डा. प्रमोद यादव, प्रध्यापक अर्जुन पटेल, उमेश गुप्ता लगायत सञ्चारकर्मीको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्