वीरगञ्ज – काम नगरेर कालोसूचीमा परेको पप्पु कन्स्ट्रक्सन प्रालिले देशभरि १८ अर्ब रुपैयाँभन्दा बढी लागतका आयोजना निर्माण जिम्मा लिएर अलपत्र पारेको छ। सडक विभागअन्तर्गतका विभिन्न सडक र पुल निर्माणको ठेक्का लिएर पप्पुले अलपत्र पारेको हो।
सडक विभागले उपलब्ध गराएको विवरणअनुसार ३१ साना तथा ठूला मोटरेबल पुल र २९ ठाउँमा सडक निर्माणको जिम्मेवारी पप्पुले लिएको छ। ती सबै ठाउँमा पप्पु एक्लैले नभई संयक्त उपक्रम (जेभी) मा काम गर्ने सम्झौता गरेको छ।
६० ठेक्कामध्ये दुई आयोजनाको म्याद केही महिना बाँकी रहेको र अन्य सबैको निर्माण म्याद सकिएको थियो। तर, सार्वजनिक खरिद नियमावलीको १२औं संशोधनले एक वर्ष म्याद थप गर्ने व्यवस्था गरेसँगै पप्पुले निर्माण जिम्मेवारी लिएका आयोजनाको म्याद २०८० असार मसान्तसम्म पुगेको छ।
उक्त म्यादमा केही आयोजनाका काम सम्पन्न भए पनि अधिकांश अधुरै रहने आयोजना प्रमुखहरू बताउँछन्। त्यसो त पप्पुले काम नगरेपछि वा सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेपछि जेभीमा काम गरेको अर्को निर्माण कम्पनी एक्लैले बाँकी काम गरेको सडक विभागका महानिर्देशक (डिजी) अर्जुनजंग थापा बताउँछन्।
डिजी थापाका अनुसार विभागले पप्पुसँगको क्रमशः ठेक्का तोड्दै जाने तायारी गरिरहेको छ। तर, पप्पुले सडक विभागले काम गर्न सहज वातावरण नबनाएको भन्दै विभागलाई नै पटक–पटक मुद्दा हालेको छ।
‘हामीले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउँदै आएका छौं तर पप्पुले उल्टै काम गर्न नदिएको भन्दै विभागलाई नै मुद्दा हाल्दै आएको छ,’ डिजी थापाले भने, ‘जिल्ला अदालतमा मुद्दा टुङ्ग्यायो, उच्च वा सर्वोच्चतिर फेरि मुद्दा हाल्न पुग्छ।’
३१ मोटरेबल पुल निर्माणका ५ अर्ब ९० करोड ५७ लाख ६५ हजार ७५ रुपैयाँमा पप्पुसहित विभिन्न कम्पनीले जेभीमा काम गर्न ठेक्का लिएका छन्। जसमध्ये ४ अर्ब ११ करोड ५१ लाख १८ हजार ७ सय ५३ रुपैयाँ सरकारले निर्माण कम्पनीलाई भुक्तानी दिइसकेको छ।
त्यस्तै विभिन्न राजमार्गका २९ स्थानमा १२ अर्ब ४६ करोड ८७ लाख ५३ हजार ७ सय ५६ रुपैयाँमा सडक बनाउने ठेक्का पनि पप्पुले लिएको देखिन्छ। सडक निर्माण तथा मर्मत ठेक्कामा पनि सडक विभागले ९ अर्ब ३२ करोड १० लाख ४ हजार ९ सय २३ रुपैयाँ भुक्तानी दिइसकेको छ।
पुल र सडक निर्माण तथा मर्मत गरी कूल १८ अर्ब ३७ करोड ४५ लाख १८ हजार ८ सय ३२ रुपैयाँको आयोजनामा पप्पुको जिम्मेवारी छ। १८ अर्ब ३७ करोडमध्ये १३ अर्ब ४३ करोड ६१ लाख २३ हजार ६ सय ८५ रुपैयाँ भुक्तानी दिएको सडक विभागले जनाएको छ।
विभागको तथ्यांकअनुसार पप्पुले सन् २०११ देखि २०१८ सम्म विभिन्न समयमा उक्त आयोजना निर्माण गर्ने जिम्मेवारी लिएको थियो।सार्वजनिक खरिद नियमावलीको १२औं संशोधनले एक वर्ष म्याद थप नगरेको भए ५८ आयोजनाको म्याद २०१६ देखि २०२२ का विभिन्न महिनामा सकिन्थे।
यद्यपि, घासा–बेनी–जोमसोम–कोरोला सडक सुधारको म्याद भने २०२३ अप्रिल १३ (२०७९ चैत ३०) सम्म छ। २०७४ जेठ (२०१७ मे २३) मा ७० करोड ५९ लाख २० हजार ८ रुपैयाँमा उक्त सडक मर्मत ठेक्का सम्झौता भएको थियो।
सडक विभागले हालसम्म उक्त ठेक्कामा २६ करोड ८० लाख ६६ हजार ३ सय ४६ रुपैयाँ भुक्तानी दिइसकेको छ। तर, निर्माण कार्य कति भयो भन्ने विभागले प्रष्ट पारेको छैन।
यद्यपि, सडक विस्तारको काम निर्माणाधीन अवस्थामा छ। त्यस्तै कावासोती–बोझापोखरी–देधगाउँ–भीमाद–खैरेनीटार नवलपरासी खण्डको स्तरोन्नतिको म्याद पनि आगामी चैतसम्म छ।
त्यसबाहेक निर्धाणाधीन ५८ आयोजनाका काम सुस्त गतिमा छ। केही आयोजनाका काम ८० प्रतिशत सम्पन्न भएको छ भने अधिकांशको ८० प्रतिशत नपुगेको विभागको तथ्यांकले देखाउँछ।
पप्पुले ठेक्का सबैभन्दा बढी हुलाकी राजमार्गमा लिएको देखिन्छ। अलपत्र पारेका ५८ ठेक्कामध्ये हुलाकी राजमार्गका मात्रै १४ ठेक्का लिएर काम सुस्त गर्दै समग्र राजमार्गको काममा पप्पुले असर पु¥याएको छ।
यी हुन् हुलाकीका अलपत्र १४ आयोजना
पप्पु–महादेव जेभीले हुलाकी राजमार्गअन्तर्गत पर्ने नेपालकै दोस्रो लामो मोटरेबल पुल निर्माणका लागि २०६९ असारमा सम्झौता गरेको थियो। ३४ करोड ९ लाख २ हजार ४ सय ६८ रुपैयाँमा ठेक्का लिएको उक्त पुलको लम्बाइ ७२४.८ मिटर छ। पुल निर्माणमा पप्पुले चासो नदेखाएपछि महादेव खिम्ती एक्लैले काम गर्दै आएको हुलाकी राजमार्गका एक अधिकारी बताउँछन्।
त्यस्तै हुलाकी राजमार्गकै कञ्चनपुर–कमला पुल निर्माण गर्न २०६९ असारमा २४ करोड ९० लाख ९७ हजार २ सय रुपैयाँमा पप्पु–लुम्बिनी जेभीले सम्झौता गरेको सडक विभागले जनाएको छ।
त्यसका लागि २३ करोड १९ लाख १३ हजार ७ सय १३ रुपैयाँ बजेट सडक विभागले भुक्तानी दिइसककेको छ। तर, पप्पुले काम छाडेपछि त्यहाँ पनि लुम्बिनी एक्लैले निर्माण गर्न थालेको छ।
हुलाकीकै अर्को राजविराज–कमला सेक्टरको बलानको पुल पनि अलपत्र छ। २०६९ चैतमा २४ करोड ६२ लाख ८३ हजार ४ सय ९ रुपैयाँमा शर्मा÷पप्पु जेभीले ठेक्का सम्झौता गरेका थिए।
हुलाकी राजमार्गअन्तर्गत पर्सा तिलाबे पुल पनि पप्पु÷लुम्बिनी जेभीले २०७१ असारमा ८ करोड ७२ लाख ६ हजार ३ सय ३७ रुपैयाँमा ठेक्का लिएको थियो।
हुलाकी राजमार्ग वीरगन्जका आयोजना कार्यालय प्रमुख दरोग प्रसादका अनुसार उक्त पुलको काम ८० प्रतिशत सकिएको छ। पुल निर्माणको म्याद अगामी असार मसान्तसम्म छ।
हुलाकी राजमार्गकै सप्तरी पचरी खोलामा बनाउनुपर्ने आरसिसी पुल पनि अलपत्र छ। पप्पु÷बागमती जेभीले २०७२ माघमा ठेक्का लिएर २०७८ वैशाखमा सम्पन्न गर्ने जनाएको थियो।
खरिद नियमावलीको १२औं संशोधनअनुसार हाल म्याद थप भएर आगामी असार मसान्तसम्म काम गर्न पाउने हुलाकी राजमार्ग सुनसरीका आयोजना कार्यालय प्रमुख विजयकुमार थापा बताउँछन्।
आरसिसी पुलको काम पनि पप्पुले छाडेर पछि बागमतीले एक्लै गर्दै आएको छ। ६ करोड ६५ लाख ११ हजार ८३ रुपैयाँमा ठेक्का लागेको उक्त पुलको ९१.४१ प्रतिशत बजेट खर्च भए पनि निर्माण सम्पन्न भएको छैन।
हुलाकी राजमार्गमै पर्ने जनकपुर–जलेश्वर–भिट्टामोड सडक स्तरोन्नति तथा बिघी पुल, पिपरा–भिट्टामोड खण्ड निर्माणका लागि आशिष÷पप्पु÷रोशन जेभीले २०७३ असोजमा ४९ करोड ९१ लाख १५ हजार ७ सय ७ रुपैयाँमा निर्माण जिम्मेवारी लिएको थियो। हालसम्म ८६.१३ प्रतिशत खर्च भए पनि निर्माण कार्य भने सकिएको छैन।
त्यस्तै हुलाकी राजमार्गअन्तर्गत पर्ने भुरीगाउँ गुलरिया–मुर्तिया सडक स्तरोन्नति, नेपालगन्ज–बघौडा सडक बाँकेको स्तरोन्नति, तिनवटी लङ्गडी मावि जगन्नाथपुरको फुटपाथ र नाली निर्माण, एमआरएम वीरेन्द्र बजार यदुकुहाको स्तरोन्नतिको जिम्मेवारी लिए पनि पप्पुले अधुरै छाडेको छ।
तामागढी–सिम्रौनगढ सडक बाराको स्तरोन्नति गर्न दुई ठेक्का लागेकोमा दुइटै ठेक्का पप्पुले अलपत्र पारेको छ। त्यस्तै जलेश्वर हार्डी रोड महोत्तरीको स्तरोन्नति र वीरगन्ज–ठोरी सडक पर्साको स्तरोन्नति कार्य पनि अधुरै छ।
पप्पुले ६० ठेक्कामध्ये जनकपुर–ढल्केबर खण्डको सडक स्तरोन्नति तथा सुधारका लागि सबैभन्दा बढी रकममा ठेक्का लिएको छ। जनकपुर परिक्रमा, व्यापारिक मार्ग विस्तार योजना (जटही–जनकपुर), महोत्तरीले हेर्ने उक्त आयोजना पप्पुले १ अर्ब ७२ करोड २२ लाख २२ हजार १ सय ८९ रुपैयाँमा ठेक्का लिएको हो।
२०७४ जेठमा ठेक्का सम्झौता भएको आयोजनाको म्याद २०७८ चैतमा सकिए पनि वित्तीय प्रगति ८०.८१ प्रतिशत भएको सडक विभागले जनाएको छ। यद्यपि, निर्माणको म्याद थप भई २०८० असार मसान्तसम्म निर्माण कम्पनीले काम गर्न पाउने छ।
त्यस्तै तिलाबे नदी क्षेत्रको जितपुर–बिरुगाउँ–श्रीपुर–पचगवा सडक निर्माणको ठेक्का सबैभन्दा कम मूल्य २ करोड १४ लाख २५ हजार ६ सय १४ रुपैयाँमा लिएको छ। २०७० साउनमा ठेक्का लिएको उक्त सडकको काम हालसम्म २६.९४ प्रतिशतमात्रै सम्पन्न भएको छ।
राजनीतिक आडमा चलेको पप्पु
पप्पु कन्स्ट्रक्सन पूर्वसांसद एवं संघीय समाजवादी फोरमका नेता हरिनारायण रौनियारको हो। कालोसूचीमा परिरहँदा पनि राजनीतिक आड र भरोसाका कारण पप्पु कन्स्ट्रक्सनले सम्झौताअनुसार काम नगर्ने तथा गरेका काममा कमसल सामान प्रयोग गर्ने इन्जिनियर तथा मन्त्रालय सम्बद्ध कर्मचारी बताउँछन्।
पप्पुलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले पटक–पटक कालोसूचीमा राख्दै आएको छ। पछिल्लो समय २०२३ फेब्रुअरी १६ सम्म पप्पु कालोसूचीमा परेको छ। जसका कारण पप्पुले नयाँ ठेक्का लिन पाउँदैन। तर, पुराना कामलाई निरन्तरता दिन पाउँछ।
सडक विभागका डिजी थापाको भनाइअनुसार विभागले लगाएको कूल ठेक्कामध्ये पप्पु कन्स्ट्रक्सन एक्लैको नाममा एक प्रतिशत ठेक्का सम्झौता भएको छ। बाँकी ९९ प्रतिशत ठेक्का भने अन्य निर्माण व्यवसायी र कम्पनीले पाएका छन्।
यी हुन् पप्पुले अलपत्र पारेका आयोजना
हुलाकी राजमार्गसहित अन्य स्थानमा पप्पुले अलपत्र पारेका आयोजनामा बबई नदीको जब्दीघाट पुल, बागमती पुलको डिजाइन र निर्माण, सडक डिभिजन कार्यालय सुर्खेतअन्तर्गतको भेरी खोला (रानीघाट) भुरिगाउँ–तेल्पानी सडकमा स्टिल ट्रस पुल निर्माण ठेक्का पनि पप्पुले लिएको छ।
त्यस्तै तिलाबे नदीको जितपुर–बिरुवागाउँ–श्रीपुर–पचगवा सडक, बालाजुको छहरे–बिदुर सडकको स्तरोन्नति, गोरखाको मकलसिङमा स्टिल ट्रस प्रि–स्ट्रेस कंक्रिट मोटरेबल पुल निर्माण, रौतहटको टिकुलियामा रहेको लालबकैया नदीमा पाइल फाउन्डेसनसहितको प्रेसस्ट्रेस्ड आरसिसी पुल निर्माणको काम पनि अधुरै छ।
त्यस्तै सेती नदीमा प्रिस्ट्रेस आरसिसी पुल निर्माण, महुली घाडन खोला पुल, रुपनी–कनौली सडक, उदयपुरको गिदेरी खोला पुलरामपुर ठोक्सिला, रानी–विराटनगर–इटहरी–धरान सडक छेउछाउको नाली निर्माण, रौतहटको लाल बकैया पुल निर्माण र चन्द्रनिगाहपुर–गैंडाटार सडकको चण्डीखोलामा प्रिस्ट्रेस्ड आरसिसी टि–बीम पुल निर्माणको काम पनि पप्पुले ठेक्का लिएको छ।
महेन्द्रनगर–मटही सडकखण्ड स्तरोन्नति कार्य, रौतहटको चन्द्रनिगाहपुर–डुमरिया–कोठियार–बरमाटोल लमहा खोला पुलमा प्रिस्ट्रेस्ड आरसिसी पुल निर्माण, बेल्टार–रानीटार–भोजपुर रोडको डिजाइन एवं निर्माण, गाईघाट–साउने–धाप्लाङ–चिसापानी सडक डिजाइन र निर्माण तथा दुधकोशी–सुनकोशी नदीको पुल निर्माण पनि पप्पुले गर्नुपर्ने छ।
धादिङमा त्रिशूली नदी पुल निर्माण, सिंहियाखोला पुल विराटनगर, रौतहटको पिपरिया सडकमा पर्ने तरहरी खोलामा प्रेसस्ट्रेस्ड आरसिसी पुल निर्माणको जिम्मेवारी पप्पुुले लिएको सडक विभागले जनाएको छ।
ओखलढुंगाको स्वर्ण सगरमाथा रिङ रोड, निजगढ–रतनपुर–अमलेखगन्ज सडक सुधार कार्य, निजगढ–भरतगन्ज–फापरबारी सडक निर्माणको जिम्मेवारी पप्पुले लिएको छ।
काठमाडौं उपत्यकाभित्र पर्ने ढोलाहिटी–सुनाकोठी–चापागाउँ–तिलेश्वर हुँदै सरस्वतीकुण्ड सडक विस्तार, नख्खु खोला–भैंसेपाटी–बुङ्मती सडक विस्तार र रौतहटको गौर–पिपरा–समनपुर–नुनथर सडक निर्माणको जिम्मेवारी पनि पप्पुकै हो।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्