बिपद ,पुर्वतयारी तथा प्रतिकार्य बारे ३ दिने पालिका स्तरीय कार्यशाला गोष्ठी सुरु

गोष्ठीमा पर्साका पोखरीया नगरपालिका , जिराभवानी गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिकाका शिक्षा संयोजक र शिक्षक गरि २४ जना सहभागी भएका छ ।

वीरगन्ज - वीरगन्जमा तिनदिने पालिका स्तरीय कार्यशाला गोष्ठी आजदेखी सुरु भएको छ ।होटेल कुमु प्यालेशमा स्थानीय तहको शिक्षा क्षेत्रका लागि बिपद ,पुर्वतयारी तथा प्रतिकार्य योजनाका लागि पालिका स्तरीय कार्यशाला गोष्ठी सुरु भएको हो ।


युरोपियन युनियनको आर्थिक सहयोग तथा शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय, MERCY CORPS , NSET र EDUCATIONAL को प्राबिधिक सहयोग र शिक्षा बिकास निर्देशनालय मधेस प्रदेशको आयोजना गोष्ठी संचालन भएको हो ।
पालिका स्तरीय कार्यशाला गोष्ठीमा पर्साका पोखरीया नगरपालिका , जिराभवानी गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिकाका शिक्षा संयोजक र शिक्षक गरि २४ जना सहभागी भएका छ ।


पालिका स्तरीय कार्यशाला गोष्ठीको उदघाटन गर्दै पोखरीया नगरपालिकाका नगर प्रमुख प्रदुमन चौहानले स्थानीय तहको शिक्षा क्षेत्रका लागि बिपद ,पुर्वतयारी सम्बन्धि कार्यक्रम महत्त्वपूर्ण रहेकाले यसबारे सबैलाई जानकार हुने आवश्यक रहेको बताए ।उनले गोष्ठीमा शिक्षकहरुले सिकेका सबै जानकारी शिक्षाको माध्यमले ब्यवहारमा लागु गर्न आग्रह गरेका थिए ।


शिक्षा बिकास निर्देशनालयका रामप्रवेश साहको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा डिडिआरआरका फोकल पर्सन सुशील पण्डितले कार्यक्रम बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण पालिका कल्स्टर संयोजक मित्रदेव यादवले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्