चैत १९ यता ५ पटक लिखित परिक्षा भएका छन् । जसमा पास हुनेको संख्या २० प्रतिशत भन्दा माथि कटेको छैन् । लिखित मै अधिकांश फेल भएपछि ट्रायलमा ५ प्रतिशत मात्र पास हुने गरेका यातायातको विवरणले देखाएको छ । कर्मचारी बीच सेटिङ नमिलेर फेल भएकाहरु पास नहुने भएपछि परिक्षामा सहभागीको संख्या पनि ह्वात्तै घटेको छ ।
अमलेखगन्जस्थित निगमको डिपोबाट वीरगन्ज ३५ किलोमिटरको दूरीमा छ । जसकारण, वीरगन्ज क्षेत्रका पम्प व्यवसायीले आयल निगमद्वारा निर्धारित मूल्यमा ढुवानी खर्च जोडेर पेट्रोल र डिजेल बिक्री गर्दै आएका छन् ।