काठमाडौ – बालकृष्ण खाणकी बहुचर्चित पत्नी माननीय मन्जु खाणले शेरबहादुर देउवाको निवासमै पुगेर तहल्का मच्चाएकी छन् । प्राप्त जानकारीअनुसार मन्जु मङ्गलबार बिहान देउवाको अस्थायी निवास धुम्बाराही पुगेर देउवाप्रतिको असन्तुष्टि प्रकट गरेकी हुन् ।
प्रत्यक्षदर्शीका अनुसार आक्रोशित हुँदै मन्जु खाणले देउवालाई लक्षित गर्दै भनेकी थिइन्, ‘खाने बेलामा तिमीहरू सबै मिलेर खाने, अहिले दुःख पाउने बेलामा मेरो श्रीमान्ले मात्रै पाउनुपर्ने रु’ उनले देउवालाई चुनौती दिँदै भनिन्- ‘मेरो श्रीमान् बालकृष्ण खाणलाई निर्दोष प्रमाणित गरेर बाहिर निकालेनौ भने मैले पनि के के गर्छु त्यसबेला थाहा हुनेछ ।’ निकै चर्को स्वरमा उफ्रिपाफ्री गरेकी मन्जुको चण्डी अवतार देखेर प्रत्यक्षदर्शीहरू चुपचाप बसेका थिए । ज्ञातब्य छ, आरजु राणा र मन्जु खाणबीच केही वर्षयता सम्बन्धमा चिसोपन आएको छ । हालैका दिनहरूमा आरजुले विभिन्न सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता दिने क्रममा मन्जु र बालकृष्णलाई बचाउ गर्नुको सट्टा नकारात्मक सन्देश जाने अभिव्यक्ति दिएकोले पनि मन्जु क्रुद्ध भएकी हुन् । प्रहरीले आफूलाई शरणार्थी प्रकरणमा दोषी पुष्टि गर्न नसकेपछि मन्जु निकै उत्साही भएर आफ्नो पतिको बचाउका निम्ति लागिपरेकी छन् । साभार । घटना र विचार
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्