वीरगन्ज – जिल्ला प्रहरी कार्यालय पर्साको मुद्दा फाटका एक जना वरिष्ठ सई सहित तीन जना प्रहरी निलम्बनमा परेका छन् । चेक अनादर मुद्दामा घुस मागेको पाइएपछि मुद्दा फाटका वरिष्ठ प्रहरी नायव निरीक्षक जयमोद ठाकुर, प्रहरी नायव निरीक्षक वसन्त भट्टराई र प्रहरी जवान महेश महतो निलम्बनमा परेको प्रहरी उपरिक्षक कोमल शाहले जनाएका छन् ।
प्रहरी स्रोतका अनुसार चेक अनादर मुद्दामा अदालतबाट जारी भइसकेको पक्राउ पुर्जी सम्बन्धित इलाका प्रहरी कार्यालयमा पठाउन मुद्दा फाटका प्रहरीले निवेदकसग १ लाख रुपैया घुस मागेका थिए । पर्साको पोखरिया नगरपालिका ७ निवासी निवेदकले मुद्दा फाटका प्रहरीले घुस माग गरेको जानकारी एसपी कोमल शाहलाई दिएका थिए ।
‘गत आइतबार एसपीकै कार्यकक्ष्ँमा निवेदक बसिरहेको समयमा मुद्दा फाटका प्रहरीले मोबाइलमा फोन गरि पैसा लिएर प्रहरी कार्यालय परिसर भित्रै रहेको रुख निर आउन भनेका थिए,’ नाम उल्लेख नगर्ने शर्तमा ती स्रोत भन्छन्, ‘प्रहरी जवानले घुसको पैसा लिएर आउन भनिरहदा एसपी साहेब आफ्नो कार्यकक्षको झ्यालबाट ती प्रहरीलाई हेरिरहेका थिए ।’
रुख निर उभिरहेका प्रहरी जवान महेश महतोलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको थियो । अनुसन्धानको क्रममा मुद्दा फाटका वरिष्ठ सई ठाकुर र सई भट्टराईको समेत संलग्नता देखिएपछि तीनैजनालाई बुधबार निलम्बन गरिएको एसपी शाहले बताए ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्