खाणलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गरिने

प्रहरीले खाणमाथि थप अनुसन्धान गर्नुपर्ने भन्दै जिल्ला अदालत, काठमाडौंबाट थप चार दिनको म्याद लिएको हो ।

सम्वादाता | २०८० बैशाख ३१ गते १८: ५४ मा प्रकाशित

काठमाडौ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणमाथि अनुसन्धान नपुगेको भन्दै चार दिनको म्याद लिईएको छ ।
नेपाल प्रहरीले खाणमाथि थप अनुसन्धान गर्नुपर्ने भन्दै जिल्ला अदालत, काठमाडौंबाट थप चार दिनको म्याद लिएको हो । यसअघि लिएको तीन दिनको म्याद आजै सकिँदै थियो ।
नक्कली भुटानी शरणार्थी बनाउन अमेरिका पठाउन पूर्व गृहमन्त्रीको हैसियतमा खाणले पनि भूमिका खेलेको प्रारम्मिक अनुसन्धानमा देखा परे पछि उनलाई गत बिहिबार पक्राउ गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्