वीरगन्जका मन्दिरहरुको भेटी किन हुन्न सार्वजनिक ?

पाथीभराको भेटी ७ करोड १० लाख रुपैया

सम्वादाता | २०८० जेठ २ गते १४: ०७ मा प्रकाशित

वीरगन्ज– ताप्लेजुङको पाथीभरा मन्दिरमा सात करोड १० लाख रुपैयाँ बढी भेटी भएको छ । आर्थिक नगरी वीरगन्जमा पनि माईस्थानमा गहवा माई मन्दिर र मकालु होटल अगाडि अलखिया मठको मन्दिर अवस्थित रहेको छ । दुबै मन्दिरमा भक्तजनहरुको बाक्लै भीड लाग्ने गरेको छ ।

यसको अलावा दुबै मन्दिर क्षेत्रमा दुई दर्जन भन्दा बढी व्यापारिक प्रयोजनका लागि पसल सटरहरु भाडामा लगाइएको छ । तर, हालसम्म ती पसलको भाडाबाट वार्षिक रुपमा कति आम्दानी भयो भन्ने कुरा सार्वजनिक हुने गरेको छैन् ।

भक्तजनले चढाएको नगद र विभिन्न दाताले उपलब्ध गराएको सहयोगबाट हालसम्म सात करोड १० लाख ३७ हजार रुपैयाँ संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । गत आर्थिक वर्षसम्म पाँच करोड तीन लाख १८ हजार संकलन भएको थियो ।

चालू आर्थिक वर्षमा दुई करोड सात लाख १९ हजार संकलन भएको समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए। उनका अनुसार चालू आवमा पाथीभरामा भक्तजनले चढाएकोबाट एक करोड ५६ लाख ९७ हजार, दाताको सहयोगबाट ११ लाख ३१ हजार, सिक्का सटहीबाट सात लाख ५० हजार र भारतीय रुपैयाँ सटहीबाट सात लाख दुई हजार रुपैयाँ रकम संकलन भएको छ ।

यस्तै चैत मसान्तसम्म ४८ लाख आठ हजार खर्च भएको काफ्लेले बताए। यसवर्ष पनि तीर्थयात्रीको उपस्थिति बढ्न थालेकाले भेटी संकलनसमेत वृद्धि हुनसक्ने समितिका अध्यक्ष रक्की थेबेले बताए।

 

 

प्रतिक्रिया दिनुहोस्