एसपी बढुवाको प्रतिस्पर्धामा अग्रस्थानमा रहेका डिएसपी राजेश थापा एसपी त हुन पाएनन् नै जागिरबाट समेत राजीनामा दिनुपरेको छ । गत शुक्रबार प्रहरीका २२ डिएसपीको एसपीमा बढुवा सिफारिस भयो । डिएसपी थापा वरियतामा एक नम्बरमा थिए ।
काठमाडौ– नेपाल प्रहरीका एक सिनियर अधिकृतले डिभीका कारण जागिर गुमाएका छन् । एसपी बढुवाको प्रतिस्पर्धामा अग्रस्थानमा रहेका डिएसपी राजेश थापा एसपी त हुन पाएनन् नै जागिरबाट समेत राजीनामा दिनुपरेको छ । गत शुक्रबार प्रहरीका २२ डिएसपीको एसपीमा बढुवा सिफारिस भयो । डिएसपी थापा वरियतामा एक नम्बरमा थिए ।
यसअघि पनि छुटेकाले यसपटक पर्ने निश्चित जस्तै थियो । तर, डिभीमार्फत उनले अमेरिकाको पिआर प्रक्रिया अघि बढाइसकेको उनका प्रतिस्पर्धीले चाल पाए । त्यसपछि बर्खास्त हुनसक्ने भन्दै उनलाई राजीनामा दिन लगाइएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । उनको डिभी काण्डको फाइदा डिएसपी राजन भुजेललाई भयो ।
यसपटक पूर्णरुपमा टप २२ भित्र परेकालाई मात्र बढुवामा पारिएको छ । भुजेल २२ औं नम्बरमा बढुवा भएका छन् । थापाले राजीनामा नदिएको भए उनी छुट्ने थिए । यसपटकको बढुवामा ठूलो भने चलखेल भएन । वरियतामा २२ भित्र रहेकाको नम्बर मात्र तलमाथि भएको छ ।
यसले एक किसिमले पावर नभएका पनि चलखेल बिना बढुवामा परेका छन्, त्यो राम्रो हो, तर कार्य सम्पादनमा कमजोरहरू पर्दा काबिल अधिकृतहरुमाथि भने अन्याय भएको चर्चा प्रहरीमा छ । बढुवामा परेका श्यामकुमार राई, मिलन केसीजस्ता पटक–पटक कारबाहीमा परेकाहरु पुरस्कृत हुँदा अंगुर जिसी, प्रदीप क्षेत्री, श्यामबाबु ओलिया, राजन लिम्बू, निरञ्जनदत्त भट्ट लगायत भने छुटेका छन् ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले नै वरियता नमिची बढुवा गर्ने बताएका थिए । यसले विगतमा चलखेल गरेर अगाडि परेकाहरुलाई फाइदा हुँदा विगतमा अन्यायमा परेकाहरु झन् अन्यायमा परेका छन् । ‘आइजिपीसाब नै गत वर्ष एसएसपीबाट डिआइजी हुँदा १३ बाट १ नम्बरमा बढुवा हुनुभयो,’ एक प्रहरी अधिकारी भन्छन् ।
उनले थप भने, ‘सायदै कार्य सम्पादन मूल्याङ्ककै आधारमा उहाँलाई त्यसरी अघि लगिएको थियो होला, अहिले बढुवामा चाँही कार्य सम्पादन नहेर्ने हो भने राम्रो काम गर्ने र नगर्ने बीच के फरक रह्यो र रु’ एसपी बढुवासँगै प्रहरीमा डिएसपीका ४४ पद रिक्त भएका छन् । जसमा २०७० सालमा भर्ना भएका १४८ जना इन्सपेक्टरको टोली छ । डिएसपी बढुवामा पनि इन्सपेक्टरमा जस्तै टप ४४ भित्रका मात्र पर्ने सम्भावना रहेको बताइन्छ ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्