अब १०–१५ दिनभित्र जिल्लाबाटै राहदानी पाउने
जिल्ला प्रशासन कार्यालयबाट आवेदन आएका राहदानीहरू प्रत्येक हप्ता प्रिन्ट गरेर पठाउने व्यवस्था मिलाइएको भन्दै राहदानी विभागले जिल्लाबाटै सेवा लिन आग्रह गरेको हो। जिल्लाबाट राहदानी पाउन समय लाग्ने भएपछि विगत तीन महिनादेखि राहदानी विभागमा सेवाग्रहीहरूको संख्या ह्वात्तै बढेको थियो।