वीरगन्ज रमाइलो मेलामा लुट्ने अवसर

आस्था नेपालले रमाइलो मेलामा दर्शकलाई ठग्दै

सम्वादाता | २०७९ असोज १६ गते १३: ०९ मा प्रकाशित

वीरगन्ज– बीरगन्जमा प्रत्येक वर्ष परम्परागतरुपमा लाग्ने प्रसिद्ध गहवामाई मेला अहिले केही व्यक्तिका लागि लुट्ने अवसर भएको छ । घण्टाघरको छेउमा रहेको विपि उद्यानको जग्गामा आस्था नेपाल संस्थाले आयोजन गरेको रमाइलो मेलामा लुटको व्यपार भइरहेको छ ।

दशैको छैठो दिनदेखि बीरगन्जको मेलामा दर्शनार्थीको भिड बढने गर्छ, दर्शकको भिड बढना साथ मेला आयोजक आस्था नेपालले दशैको पाचौ दिन सम्म लिदै आएको शुल्क छौठो दिन देखी दोब्बर वृद्धि गरेको छ ।

शनिवार राति देखी रमाइलो मेलामा प्रवेश गर्नेहरुले हिजो सम्म प्रवेश शुल्क ५० थियो अहिले किन सय भयो रु सोध्दा मेला समितीको निर्णय अनुसार शुल्क बढाइएको आस्था नेपालको टिकट काउण्टरमा बस्ने हरुले जवाफ फर्काएका थिए ।

आस्था नेपालका गौरव वर्मा र बीरगन्ज वडा नम्बरमा १३ मा जसपाबाट पराजित भएका तुफान अंसारी मेलाको मुख्य व्यवस्थापक हुन ।

बढी रकम लिएको विरोध गरेपछि धक्का दिएर काउण्टर बाट हटाउनका लागि सुरक्षाका नाममा बाउन्सर खटाइएको दृष्यले आम बीरगन्जवासीलाई दशैको खुशियालीको समस्या दुखित बनाएको छ । पर्सा जिल्ला प्रशासन तथा बीरगन्ज महानगरपालिका बाट मेला आयोजनको अनुमती दिने प्रावधान पनि छ । 

मेलामा सर्व सधारणलाई उच्च शुल्क नलिने, सम्भावित जोखिम, प्राथमिक स्वास्थय सुरक्षाका साथै सुरक्षाको बन्दोबस्त मिलाउने आयोजकलाई निस्चीत मापदण्ड तोकिएको हुन्छ । तर मेलामा बाउण्सर खटाएर दर्शकहरुबाट जबरजस्ती चर्को शुल्क असुलीका साथै रुखो व्यवहारपनि भइरहेको छ ।

मेलाको प्रवेश शुल्क दर्शकको घुइचो हेरेर फाइदा उठाउदै एकैदिनमा दोब्बर पारिनुको साथै परिसर भित्रका करिब एक दर्जन झुलुवाहरुको शुल्कपनि बढाइएको छ । शनिवार साझ केहि संचारकर्मीले टिकट काटने क्रममा किन टिकट दोब्बर भयो भने प्रश्न राख्दै भिडियो रेकर्ड गर्दा आयोजकका तर्फबाट तुफान अंसारीले भिडियो खिचेर केहि हुदैन, भन्दै प्रस्तुत भएका थिए ।

संस्कृती र चाड पर्वलाई संरक्षण गर्न बीरगन्ज महानगर अहिले सकृय देखिएको छ । सरसफाई व्यवस्थापन, सुरक्षा तथा गहवा मन्दीर क्षेत्रको भिडभाड व्यवस्थित गर्नुको साथै मन्दीर आसपासको क्षेत्रको सौन्दर्यकरण विगत भन्दा रमणीय छन । तर रमाइलो मेला अवलोकनकर्ता चर्को शुल्कको मारमा पर्ने गरेकोले त्यसलाई पनि व्यवस्थीत बनाउन महानगर प्रमुखको ध्यानाकर्षण जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस्