हमार वीरगन्ज Admin

मधेशमा लोसपाले एमालेसँग चुनावी सहकार्यबारे छलफल गर्न समिति गठन

२०७९ असोज ७
लोकतान्त्रिक समाजवादी पार्टीले एमालेसहित विचार मिल्ने अन्य पार्टीहरूसँग चुनावी तालमेलबारे छलफल गर्न कार्यदल गठन गरेको छ ।अध्यक्ष महन्थ ठाकुरले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी तालमेलबारे छलफल गर्न वरिष्ठ नेता राजेन्द्र महत्तोको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन् ।

नेपाल खेलकुद महासंघ वीरगञ्ज महानगर अधिवेशनको सम्पुर्ण तयारी पुरा २०७९ असोज ७

नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आज पत्रकार सम्मेलन गरी अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । महासंघका केन्द्रिय सह ईन्र्चाज रमेश पौडेलको प्रमुख आतिथ्यमा हुने महाधिवेशनको उद्घाटन बिहान ११ बजे पदम पार्टी सेन्टर वीरगञ्जमा हुने आयोजकले जनाएको छ ।