वीरगञ्ज -मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पर्सा क्षेत्र नं १ (क) बाट नेकपा माओवादी केन्द्र पार्टीका केन्द्रीय सदस्य तथा पर्सा जिल्लाका चर्चित युवा नेता रहबर अन्सारीलेव सता गठबन्धनको तर्फबाट आफ्नो उमेदवारी दर्ता गराउनु भएको छ। आफ्नो उमेदवारी दर्ता गराएसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता अन्सारीले आम जनताको जीवन उकास्नको लागि रहेको बताए । उनले आफ्नो उमेदवारी यस क्षेत्रका बालबालिका, किसान, पिछडा वर्ग लगायत युवाहरुको लागि खास भएको बताए । उनले विगतमा जनताले नेतालाई मात्र जिताएको तर यस पालि जन्ताले आफ्नो हक, अधिकार, र आफ्नो पुस्ताको भविष्यको लागि सही प्रतिनिधि चुनेर पठाउनेमा आफू विश्वस्त रहेको बताए । नेता अन्सारीले फरक प्रसङ्गमा विगतको हारले आफू धेरै कुरा सिकेको र अझ जोश, र यस क्षेत्रको भविष्यको लागि यसपाली उमेदवारी दर्ता गराएको बताए । उनको उमेदवारीमा सता गठबन्धनका नेता, कार्यकर्तासँग क्षेत्रका आम जनताको बाक्लो सहभागिता रहेको थियो ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्