४ वटा प्रतिनिधी सभा क्षेत्र र ८ वटा प्रदेश सभा क्षेत्र रहेको पर्सा जिल्लामा एमालेले निर्वाचन क्षेत्र नम्बर ३ र ४ लिएको छ भने जसपाले निर्वाचन क्षेत्र नम्बर एक र दुई आफ्नो भागमा राखेको छ ।
वीरगन्ज– सत्तारुढ ५ दलीय गठबन्धनलाई छाडेर जनता समाजवादी पार्टी (जसपा) ले नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र जसपाका अध्यक्ष उपेन्द्र यादवले अगामी मंसिर ४ गते हुने निर्वाचनका लागि गरिएको सिट बाँडफाँटको सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
पर्सामा एमाले र जसपाले बराबर सिट बाँडफाँट गरेका छन् । ४ वटा प्रतिनिधी सभा क्षेत्र र ८ वटा प्रदेश सभा क्षेत्र रहेको पर्सा जिल्लामा एमालेले निर्वाचन क्षेत्र नम्बर ३ र ४ लिएको छ भने जसपाले निर्वाचन क्षेत्र नम्बर एक र दुई आफ्नो भागमा राखेको छ । आठवटा प्रदेश सभाको सिट मध्ये ४/४ वटा भाग लगाइएको छ ।
यसैगरि प्रदेश सभा निर्वाचन क्षेत्र १(क), २(ख), ३(क) र ४ (क) एमालेले पाएको छ । क्षेत्र नम्बर १(ख), २(क), ३(ख) र ४ (ख) जसपाले पाएको सहमति पत्रमा उल्लेख छ ।
एमाले र जसपाबीच पर्सा सहित १४ वटा जिल्लामा तालमेल भएको छ । तालमेल भएका निर्वाचन क्षेत्रहरु बाहेक अन्य निर्वाचन क्षेत्रहरुमा दुबै पार्टीले उम्मेदवारी दिन सक्ने र यो सहकार्य निर्वाचन पछि पनि निरन्तर रहने सहमति गरिएको उक्त पत्रमा उल्लेख छ ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्