समाचार

वीरगञ्ज भन्सारबाट दैनिक तस्करी : प्रहरीदेखी भन्सार विभागसम्मको सेटिङ

१९ असार २०७९, आइतवार
वीरगञ्ज भंसार कार्यालय र सशस्त्र प्रहरी संगठन कसैले अवैध ओसारपसारका लागि लाइन दिएकाले दैनिक करोडौंका सामान तस्करी भइरहेको तथ्य जिल्ला प्रहरी कार्यालय पर्साले प्रत्येक दिन जसो करोड करोडका अवैध मालसामान बरामद गरेबाट स्पष्ट हुन्छ । प्रमुख भंसार प्रशासक अरुण पोखरेल राजश्व संकलनमा भन्दा पनि कमाउ धन्दामा बढी लिप्त भएका कारणले पोखरेलको कार्यकालमा तस्करी बढी चम्किने गरेको खवर छ । यही कारण देशकै प्रमुख भंसार कार्यालयको हालत दिनप्रतिदिन दयनीय हुँदै गएको भंसार बिभाग स्रोत बताउछ ।

महन्थलाई ओलीको प्रस्ताव चुनावमा सहकार्य गर्ने

१६ असार २०७९, आइतवार
पार्टीको जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकमा बोल्दै लोसपा अध्यक्ष महन्थ ठाकुरले एमाले अध्यक्ष ओलीले गठबन्धनका लागि प्रस्ताव गरेको बताउँदै धारणा दिन पार्टीका नेताहरूसँग राय मागेका छन्।