विन्दवासिनीका अध्यक्ष तिवारीले गरे ३५ दिने सूचना जारी

महानगरनपछि गाउँपालिका पनि एक्सनमा आउँन थालेका छन् ।

सम्वादाता | २०७९ भदौ २३ गते १९: २४ मा प्रकाशित

वीरगञ्ज– महानगरनपछि गाउँपालिका पनि एक्सनमा आउँन थालेका छन् । मंगलबार वीरगञ्ज महानगरपालिका कार्यालयले सहरको मूख्य नाला माथि निर्माण गरिएका अवैध संरचना हटाउन सूचना जारी गरेपछि २ दिन नबित्दै बिन्दवासिनी गाउँपालिकाले पनि अवैध संरचना हटाउन सुचना जारी गरेको छ ।

महानगरपालिकासगं टासिएको गाउँपालिकाले अवैध संरचना हटाउन आज ३५ दिने सूचना जारी गरेको छ । गाउँपालिका अन्तर्गतका सर्वजनिक जग्गा , पर्ती ,गौचर ,मठ मन्दिर, बिद्यालय ,पोखरी ,स्वास्थ्यल संस्था अवैध संरचना हटाउन ३५ दिने सूचना जारी गरेको पालिका अध्यक्ष प्रमोद तिवारीले बताएउँनु भएको छ ।

वहाले ३५ दिन भित्र अतिक्रमण भएको सार्वजनिक छोड्न आग्रह गर्नु भएको छ। सूचना जारी भएको ३५ दिन पछि नाप नक्सा गरी अतिक्रमण भएको जग्गा गाउँपालिकाको कर्मचारी र एक्सावेटरको सहयोगले छुट्याइने कार्य सुरु गर्ने अध्यक्ष तिवारीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्