वीरगन्ज– घरायसी प्रयोजनका लागि भारतीय सीमावर्ती बजारबाट खरिद गरेर ल्याइने सामानमा पनि अनिवार्य रुपमा भन्सार तिर्नुपर्ने व्यवस्था गर्न नेपाल राजस्व परामर्श समितिले सुझाव दिएको छ । सरकारलाई कर तथा राजस्व सम्बन्धमा सुझाव दिन गठित समितिले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा भन्सारमा कडाइ नगरिँदा सीमा नाकाबाट हुने चोरी पैठारी बढेकाले त्यस्ता सामानको खरिदमा पनि भन्सार अनिवार्य गरिनुपर्ने उल्लेख गरेको छ । भारतीय सीमासँग जोडिएका मुख्य ११ वटा भन्सार कार्यालयको अवलोकन भ्रमणपछि समितिले तयार पारेको समिा नाकामा हुने चारी पैठारी नियन्त्रणको प्रभावकारिता अध्ययन २०७९ प्रतिवेदनले घरायसी प्रयोगका लागि ल्याएका भए पनि निश्चित सीमाभन्दा माथिको आयातमा भन्सार लिनैपर्ने सुझाव प्रतिवेदनमा समेटेको छ । भारतसँगको खुला सीमा नाकाका कारण नेपालीले चाडपर्व, बिहेवारी लगायतमा भारतीय बजारमा पुगेर किनमेल गर्दै आएका छन् । यसबाहेक सामान्य अवस्थामा पनि ती बजारबाट सामान ल्याउने आमप्रवृत्ति छ । भारतमा खरिद गरेर नेपाल भित्र्याउँदा एक सय रुपैयाँसम्म र कुनै भन्सार नाकामा पाँच किलोग्रामसम्मको सामानमा भन्सार छुट पाउने कानुनी व्यवस्था छ । यद्दपि व्यावहारिक रुपमा यो सीमा लागू हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । त्यसैले समितिले घरायसी प्रयोजनका लागि ल्याइने मालवस्तुको सीमा बढाएर समयानुकूल बनाउनुपर्ने र सीमाभन्दा माथिको आयातमा भन्सार तिर्नुपर्ने व्यवस्थ गर्न सुझाव दिएको हो । अध्ययनले खासगरी भारतीय बजारबाट नेपालीले लत्ताकपडा, खाद्य पदार्थ, सवारीसाधन, मोटरपार्टस, सुर्ती, हार्डवेयर, औषधि, चकलेट, मदिरा, चिनी ल्याउने गरेको देखाएको छ । प्रतिवेदनमा वीरगन्ज नाकाबाट चाडपर्वको समयमा मात्र दैनिक ५ करोड रुपैयाँ बराबरको सामान यात्रुले ल्याउने गरेको अनुमान प्रस्तुत गरिएको छ । त्यस्तै मेची भन्सार नजिकको सटही केन्द्र (मनी एक्सचेन्ज) बाट मात्रै दैनिक एक करोड भारतीय रुपैयाँ सटही हुने र सोही बराबरको सामान पैदल यात्रीले बोकेर ल्याउने गरेको तथ्य प्रतिवेदनले सार्वजनिक गरेको छ । यस बाहेक अन्य प्रमुख भन्सार नाकाबाट चाडपर्व र विवाहोत्सवका समयमा दैनिक ५ देखि ८ करोड रुपैयाँसम्मको घरायसी प्रयोजनका लागि सामान ल्याउने गरेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्