वीरगन्जको मूख्य नाला माथिको अवैध संरचना हटाउन महानगरको ३५ दिने सूचना जारी

वीरगन्जको मूख्य नाला अतिक्रमण गरि होटल, बैंक तथा शैक्षिक संस्था सञ्चालनमा आएका छन् ।  

सम्वादाता | २०७९ भदौ २३ गते १३: ३६ मा प्रकाशित

वीरगन्ज– वीरगन्ज महानगरपालिका कार्यालयले सहरको मूख्य नाला माथि निर्माण गरिएका अवैध संरचना हटाउन सूचना जारी गरेको छ । वीरगन्जको सहरको मूख्य नालाको बहावमा असर पर्ने गरि निर्माण गरिएका अतिक्रमण हटाउने निर्णय महानगरपालिका गत सोमबार गरेको थियो । महानगरपालिका कार्यालयले बुधबार सूचना जारी गर्दै बिना स्वीकृती निर्माण गरिएका घर टहराहरु र अन्य प्रकारको निर्माण गरिएका संरचनाहरु ३५ दिन भित्र हटाई गरिदिन हुन सबै सरोकारवालाहरुलाई जानकारी गराएको छ ।
महानगरपालिका बाट बिना स्वीकृति निर्माण गरिउका संरचनाहरु न हटाइएको खण्डमा महानगरपालिकाबाट उपलब्ध हुने सबै सेवा सुविधाहरु उपलब्ध गराउन नसकिने सूचना मार्फत जानकारी गराएको छ । नियम अनुसार कारवाही समेत गरिने महानगरपालिकाले जनाएको छ । त्यसरी हुने कारवाहीमा लागेको खर्च सम्बन्धित पक्षबाट नै असूल उपर गरिने सबै घरधनिहरुलाई सूचना मार्फत जानकारी गराइएको छ । वीरगन्जको मूख्य नाला अतिक्रमण गरि होटल, बैंक तथा शैक्षिक संस्था सञ्चालनमा आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्