पर्सामा माओवादीबाट चार संघीय निर्वाचन क्षेत्रमा ५ जना सिफारिस

प्रदेश सभामा १३ जनाको सिफारिस

सम्वादाता | २०७९ भदौ २२ गते १६: २९ मा प्रकाशित

वीरगञ्ज – नेकपा (माओवादी केन्द्र) पर्साले प्रतिनिधि तथा प्रदेश सभा को निर्वाचन को लागी उम्मेदवार टुंगो लगाएको छ । मंसिर ४ गते हुने संघ तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि माओवादी केन्द्र पर्साले ५ जनाको नाम सिफारिस गरेको हो ।
जिल्लामा ४ वटा निर्वाचन क्षेत्र रहेकोमा जम्मा ५ जानको नाम सिफारिस भएका छन ।

पर्सा क्षेत्र नं १ मा जफ्फर अनसारी , क्षेत्र नं २ मा बालकृष्ण श्रेष्ठ , निर्वाचन क्षेत्र नं ३ मा डा. सुभास यादव र ४ मा टेकबहादुर शाक्य र इमदाद गद्दीको नाम सिफारिस गरिएको पर्सा कमिटीले जनाएको छ । यसैगरी प्रदेश सभा को निर्वाचन क्षेत्रमा पनि उम्मेदवार टुंगो लगाएको छ । क्षेत्र नम्बर १ को ‘क’ र ४ को ‘क , ख ’ बाहेका अरु प्रदेश सभाको निर्वाचन क्षेत्रमा एकल सिफारिस गरिएको छ ।


पर्सा क्षेत्र नम्बर १ को ‘क’ मा प्रभु यादव , रहबर अन्सारी र पस्मिना कादरी र क्षेत्र नम्बर ४ को ‘क’ मा विजय प्रसाद महतो , विरेन्द्र प्रसाद यादव र ‘ख’ मा शेखचंद्र तारा,सन्तोष पटेल गरी ३ जानको सिफरिस गरेको छ ।


एकल सिफरिस भएका क्षेत्र नम्बर १ को ‘ख’ मा सुरेन्द्र गुप्ता , क्षेत्र नम्बर २ को ‘क’ मा अमिताभ बच्चन दास र ‘ख’ मा प्रभाकर गुप्ता र क्षेत्र नम्बर ३ को ‘क’ मा बातेश्रृर प्रसाद थारु , ‘ख’ मा छोटेलाल यादवको रहेका छन ।


बुधबार बसेको जिल्ला समन्वय समिति बैठकले प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष तर्फका दावेदार उम्मेदवारहरूको नाम प्रादेशिक कमिटीमा सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्