मधेश विश्वविद्यालयको उद्घाटनमा उपकुलपतिकै नीजि कलेजको प्रचार

उद्घाटन स्थल बाहिर मात्र हैन् उपकुलपति सञ्चालक रहेका बीपीसीको प्रचार सामग्री नेशनल ट्रेडिङमा स्थापना भएको मधेश विश्वविद्यालयको कार्यालय अगाडिको मेन गेट र भित्र परिसरमा समेत राखिएको थियो ।

सम्वादाता | २०७९ भदौ २३ गते १९: ५७ मा प्रकाशित

वीरगन्ज–वीरगन्जको भिस्वा होटलमा बुधबार मधेश विश्वविद्यालयको उद्घाटन कार्यक्रमको हल भित्र प्रवेश गर्ने गेट अगाडि विश्वविद्यालयका उपकुलपतिकै नीजि कलेजको प्रचार सामग्री राखिएको विषयले अहिले व्यापक चर्चा पाएको छ । मधेश विश्वविद्यालयको उपकुलपति डा. दीपक शाक्य सञ्चालक रहेका वीरगन्ज पब्लिक कलेज (बीपीसी) को प्रचार सामग्री उद्घाटन स्थल बाहिर राखिएको थियो । अन्य दुईवटा शैक्षिक संस्थाको एउटा/एउटा मात्र प्रचार सामग्री राखिएका थिए भने बीपीसी कलेजका तीनवटा सामग्री राखिएका थिए । बीपीसीको एउटा प्रचार सामग्रीमा मधेश विश्वविद्यालयको स्थापना सभा उद्घाटन कार्यक्रममा पाल्नु हुने सम्पूर्ण महानुभावहरुलाई स्वागत सन्देश लेखिएको थियो भने बाँकी दुईवटा प्रचार सामग्रीमा बीपीसीमा सञ्चालन हुने फ्याक्लटी बारे जानकारी राखिएको थियो । 

उद्घाटन स्थल बाहिर मात्र हैन् उपकुलपति सञ्चालक रहेका बीपीसीको प्रचार सामग्री नेशनल ट्रेडिङमा स्थापना भएको मधेश विश्वविद्यालयको कार्यालय अगाडिको मेन गेट र भित्र परिसरमा समेत राखिएको थियो । सामाजिक सञ्जालमा उद्घाटन स्थल र मधेश विश्वविद्यालय कार्यालय भवन अगाडि राखिएको उपकुलपतिको निजी कलेजको प्रचार सामाग्री अहिले सामाजि सञ्जालमा भाइरल बनेका छन् । हालै उपकुलपतिमा नियुक्त भएका डा. शाक्य बालमन्दिर सञ्चालक समितिको सदस्य हुदाँ आफ्नै छोराको नाममा बालमन्दिरको जग्गा लिजमा दिन लगाएर त्यहाँ बोर्डिङ स्कुल सञ्चालन गर्दै आएका छन् । कौडीको मोलमा २७ वर्षका लागि बालमन्दिरको जग्गा शाक्यले लिजमा लिएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वीरगन्ज महानगर अध्यक्ष ओमप्रकाश सर्राफले चुनावी स्टन्टका लागि विना बजेट, विना पूर्वाधार, विना जनशक्ति हतारमा मधेश विश्वविद्यालय स्थापना गरिएको टिप्पणी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्