नागरिकता विधयेक प्रमाणीकरण गर्न ढिला भएको भन्दै नेविसंघको विरोध प्रदर्शन

विधयेक प्रमाणीकरणमा ढिला गरेको भन्दै नेपाली कांग्रेसनिकट विद्यार्थी संगठनले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका छन् ।

सम्वादाता | २०७९ भदौ २६ गते १०: ४९ मा प्रकाशित

काठमाडौं - राष्ट्रपतिले नागरिकता विधयेक प्रमाणीकरणमा ढिला गरेको भन्दै नेपाली कांग्रेसनिकट विद्यार्थी संगठनले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका छन् ।

नेविसंघले आज बिहान त्रिचन्द्र क्याम्पस अगाडि राष्ट्रपति विद्यादेवि भण्डारीका विरोधमा प्रदर्शनको क्रममा प्रहरीमाथि ढुंगामुढा प्रहार गरेको हो ।

विद्यार्थीले पुत्ला दहन गर्दै नाराबाजी गरेका थिए। प्रहरीले बल प्रयोग गरेर विद्यार्थीलाई तितरबितर पार्न खोज्दा विद्यार्थीहरु प्रहरीमाथि जाइलागेको हो ।

प्रतिक्रिया दिनुहोस्