चुनावको मुखमा पर्सा कांग्रेसमा भाँडभैलो

प्रदेश सभा सदस्य राजेश्वर साहलाई कारवाही गर्न कांग्रेस अनुशासन समितिको निर्णय

सम्वादाता | २०७९ भदौ २३ गते १३: ०४ मा प्रकाशित

वीरगन्ज– नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नम्बर दुईमा भाँडभैलो उत्पन्न भएको छ । गत स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार विरुद्ध अन्तरघात गरेको आरोपमा प्रदेश सभा सदस्य राजेश्वर साहलाई कारवाही गर्ने निर्णय भएको छ । जिल्ला अनुशासन समितिले साहलाई कारवाही गर्न प्रदेश समितिलाई सिफारिस गरेको हो । अनुशासन समितिका संयोजक रमेश पाण्डेले पार्टीलाई पराजित गरेर अन्तरघात गरेको भन्दै कारवाही गर्न सिफारिस गरिएको जानकारी दिए । वीरगन्ज– नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नम्बर दुईमा भाँडभैलो उत्पन्न भएको छ । गत स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार विरुद्ध अन्तरघात गरेको आरोपमा प्रदेश सभा सदस्य राजेश्वर साहलाई कारवाही गर्ने निर्णय भएको छ ।

जिल्ला अनुशासन समितिले साहलाई कारवाही गर्न प्रदेश समितिलाई सिफारिस गरेको हो । अनुशासन समितिका संयोजक रमेश पाण्डेले पार्टीलाई पराजित गरेर अन्तरघात गरेको भन्दै कारवाही गर्न सिफारिस गरिएको जानकारी दिए ।  गत वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा बहुदरमाई र पर्सागढी नगरपालिकाका कांग्रेसबाट नगर प्रमुखको उम्मेदावर विरुद्ध पार्टी विपरीत गतिविधी गरेको पाइएकाले साह माथि कारवाहीका लागि माथिल्लो निकायमा सिफारिस गरिएको अनुशासन समितिले जनाएको छ । यसैगरि बहुदरमाई नगरपालिका वडा नम्बर ६ मा आफ्नो भाईले कांग्रेसबाट वडाध्यक्षको टिकट नपाएपछि साहले आफ्नो दाईलाई स्वतन्त्र उम्मेदवारी दिन लगाएर चुनावमा कांग्रेसका उम्मेदवार पराजित गरेको नेताहरुले आरोप लगाएका छन् ।

साहका दाई प्रमोद साह स्वतन्त्रबाट उठेर पनि चुनाव जितेका छन् । राजेश्वर साहले आफ्ना भाईका लागि खुलेर भोट मागेको स्थानीयले बताएका छन् । नगर क्षेत्रीय कार्य समिति र कांग्रेसका उम्मेदवारहरुले दिएका उजुरीको आधारमा कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को दफा ४ को ङ अनुसार कारवाहीको प्रक्रिया अगाडी बढाइएको अनुशासन समितिका संयोजक पाण्डेले जनाए । ०७४ को प्रदेश सभा निर्वाचनमा जिल्लामा रहेको ८ वटा प्रदेश क्षेत्र मध्ये कांग्रेसले जम्मा दुई वटा क्षेत्र जितेको थियो । कांग्रेसबाट शंकर चौधरी (४ क) र राजेश्वर साह (२ क) ले मात्र बिजयी हासिल गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्