मधेसमा उपेन्द्र विरुद्ध लोसपा, सिके, हृदयेश र रेशमको पार्टीबीच गठबन्धनको तयारी

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले मधेसकेन्द्रित दलहरुसँग चुनावी तालमेलको तयारी गरेको छ

सम्वादाता | २०७९ भदौ २४ गते १६: ५७ मा प्रकाशित

वीरगन्ज– ५ दलीय सत्तारढ गठबन्धनमा रहेका उपेन्द्र यादवको जसपा विरुद्ध लोसपा, सिके राउत, हृदयेश त्रिपाठी र रेशम चौधरीको पार्टीबीच चुनावी गठबन्धनको तयारी भइरहेको छ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले मधेसकेन्द्रित दलहरुसँग चुनावी तालमेलको तयारी गरेको छ । लोसपाले हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी र सिके राउतको जनमत पार्टीबीच चुनावी गठबन्धनका लागि छलफल थालेको हो ।
आज दिउँसो छलफल हुने लोसपा नेता सुरेन्द्र झाले जानकारी दिए । चुनावमा सहकार्य गरेर जाने विषयमा छलफल गर्दैछौं । चुनावमा तालमेल गरेर जानेमा सबै सकारात्मक नै छौं,” उनले भने । लोसपा र नेकपा एमालेबीच चुनावी तालमेलको प्रयास पनि भइरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्