वीरगन्जको मालपोत अगाडि र विन्दवासिनी चोकको अतिक्रमित जग्गामा महानगरको डोजर कहिले पुग्छ ?
क्याम्पस, बैंक र होटल भत्काएका मेयर सिंहले वीरगन्जको वन कार्यालयदेखि मालपोत जाने सडकको बायांपट्टि नालामाथि र वीरगन्ज वडा नम्बर १९ विन्दवासिनी चोकको ऐलानी जग्गामा व्यापारिक प्रयोजनाका लागि निर्माण गरिएका भवनहरुमा कहिले डोजर पुग्छ भनेर महानगरवासीले चासो व्यक्त गरेका छन् ।