दुर्गा प्रसाईको अभिव्यक्ति प्रति वीरगन्ज उद्योग वाणिज्य संघको आपत्ति

कुनै व्यक्ति, जात, समूह, समुदाय र सम्प्रदायप्रति लक्षित गरी यस्ता नकारात्मक, अनर्गल, आधारहीन एवम् गैरजिम्मेवारपूर्ण सञ्चारमाध्यमबाट अभिव्यक्ति दिने छुट नेपालको संविधानले कसैलाई दिएको छैन ।

सम्वादाता | २०८० भदौ १ गते १७: ३६ मा प्रकाशित

वीरगन्ज– मेडिकल व्यवसायी दुर्गा प्रसाईले गत साता एक टेलिभिजन अन्तरवार्तामा दिएको अभिव्यक्तिप्रति वीरगन्ज उद्योग वाणिज्य संघले आपत्ति जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै संघले प्रसाईको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो ।

संघले प्रसाइको “मारवाडी समुदायले अर्थतन्त्र तहस नहस तुल्याएको” लगायतका अवाञ्छित र गैरजिम्मेवार अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मारवाडी समुदायले देशको उद्योग, व्यापारको विकास, विस्तार र प्रबद्र्धनमा निर्वहन गर्दै आइरहेको भूमिका र योगदानलाई कदर गर्नुपर्नेमा त्यसको विपरीत प्रसाईले एक व्यवसायी भएर अर्का व्यवसायी समूहप्रति लक्षित निकृष्ट अभिव्यक्ति दिनु निन्दनीय रहको संघको ठहर छ ।

नेपालको संविधानले कुनै समुदाय र सम्प्रदायप्रति लक्षित नकारात्मक र गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिने छुट कसैलाई नभएको जनाउँदै संघले भनेको छ ,ूनेपालको औद्योगिकीकरण इतिहासमा अग्रभागमा रहेका तथा उद्योग, व्यापारका मार्फत् देशको अर्थतन्त्र, रोजगारी सृजना गर्नेदेखि सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, कला, खेलकूद लगायतका राष्ट्रिय जीवनका हरेक क्षेत्रमा आफ्ना महत्वपूर्ण एवम् उल्लेखनीय योगदान पुर्याउँदै आइरहेका मारवाडी समुदायले यस देशको उद्योग, व्यापारको विकास, विस्तार र प्रबद्र्धनमा निर्वहन गर्दै आइरहेको भूमिका र योगदानलाई कदर गर्नुपर्नेमा त्यसको विपरीत एक व्यवसायी भएर अर्का व्यवसायी समूहप्रति लक्षित गरी यस्ता निकृष्ट अभिव्यक्ति दिने कार्य निन्दनीय रहको छ ।

कुनै व्यक्ति, जात, समूह, समुदाय र सम्प्रदायप्रति लक्षित गरी यस्ता नकारात्मक, अनर्गल, आधारहीन एवम् गैरजिम्मेवारपूर्ण सञ्चारमाध्यमबाट अभिव्यक्ति दिने छुट नेपालको संविधानले कसैलाई दिएको छैन ।

यस्तै, संघले एउटा समुदायप्रति नकारात्मक, अनर्गल, आधारहीन एवम् गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएर प्रसाईले सामाजिक सद्भाव बिथोल्न खोजेको आरोप समेत लगाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्