पर्सा क्रिकेट संघको अध्यक्षमा मनिष सिंह सर्वसम्मत

संघको उपाध्यक्षमा मुर्तुजा हवारी, सचिवमा घनश्याम बाबु गुप्ता, कोषाध्यक्षमा जय प्रकाश सर्राफ सर्वसम्मत निर्वाचित भएका हुन् ।

सम्वादाता | २०८० सावन ३१ गते १९: ०२ मा प्रकाशित

वीरगन्ज– पर्सा क्रिकेट संघको अध्यक्ष्ँमा मनिष सिंह सर्वसम्मत निर्वाचित भएका छन् । बुधवार संघको सातौ साधारण सभा तथा जिल्ला अधिवेशनबाट सिंहको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत रुपले चयन भएको पूर्व अध्यक्ष दाउद अन्सारीले बताए ।

संघको उपाध्यक्षमा मुर्तुजा हवारी, सचिवमा घनश्याम बाबु गुप्ता, कोषाध्यक्षमा जय प्रकाश सर्राफ सर्वसम्मत निर्वाचित भएका हुन् । यसैगरि सदस्यमा हिरालाल राउत, मो.दाउद अन्सारी, वासुदेव लाल कर्ण, नारायण पटेल, मोसरफ ईजहार, कलामुद्दिन अन्सारी, राजिव श्रेष्ठ, नासिर खान, बाबुजान अन्सारी र नेहाल अहमद सर्वसम्मत निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत राकेश मल्लिकले जनाए ।

वीरगन्ज उपमहानगरपालिकाका उपमेयर इम्तियाज आलमले बुधवार संघको सातौ“ साधारण सभा तथा जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए । अधिवेशनमा केन्द्रीय पर्यवेक्ष्ँक माधव कर्मचार्य, वारा क्रिकेट संघका अध्यक्ष्ँ प्रभात चौरसिया लगायतको उपस्थिती रहेको थियो । (साभार)

प्रतिक्रिया दिनुहोस्