हमार वीरगन्ज Admin

धरान निषेधाज्ञा - बाक्लो सुरक्षाकर्मी परिचालन, सार्वजनिक यातायत ठप्प

२०८० भदौ ९
स्थानीय प्रशासनले निषेधादेश जारी गरेपछि धरानमा शनिवार बिहानैदेखि मानिसहरूको चहलपहल न्यून देखिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले सम्भावित दुर्घटना टार्न निषेधाज्ञा जारी गरेपछि धरान हुँदै कोशी राजमार्गमा चल्ने सार्वजनिक सवारीसाधन चलेका छैनन् ।

वीरगन्जको नेशनल मेडिकल कलेज सहित २६ वटा स्वास्थ्य संस्थालाई बीमा बोर्डले सूचीबाट हटायो २०८० भदौ ८

बीमा बोर्डका अनुसार सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटपछि अस्पतालको सम्झौताको अवधि समाप्त भई पुनः नवीकरण नभएका वा स्वास्थ्य बीमाको सेवा बन्द भएका निजी स्वास्थ्य संस्था र लामो समयसम्म पनि नवीकरण प्रक्रियामा नआएका स्वास्थ्य संस्थालाई सूचीबाट हटाउने निर्णय गरेको हो ।