श्रीमानकै कारण २३ वर्ष देखि अनागरिक श्रीमती र छोराले यसरी पाए वंशज नागरिकता

विवाहको २३ वर्ष पश्चात छोरा र आफु नागरिक भएको पाउदा खुसीले आसु झार्दै रिमाले आफनो र बच्चाको नागरिकता दिन लगाएकोमा आभार व्यक्त गरिन ।

सम्वादाता | २०८० सावन ३१ गते १८: ५२ मा प्रकाशित

वीरगन्ज– पर्साको पर्सागढी नगरपालिका– ९ निवासी रिमादेवी थरुईनले २ दशकको प्रयास पछि नागरिकता पाउन सफल भएकी छन् । छोराको समेत नागरिकता बनाएकी छन् । लामो समय देखि श्रीमान बाट  परिताडीत श्रीमती र उनका छोराले जिल्ला प्रशासन कार्यालय पर्साको पहलमा नागरिकता पाएका हुन् ।

पर्सागढी नगरपालिकाको वडा नम्बर ९ निवासी रिमादेवी थरुईन र उनका छोरा सागर प्रसाद कुवंरले दुई दकशको प्रयास पछि बंशज नेपाली नागरिकता पाउन सफल भएका हुन । सोमबार जिल्ला प्रशासन कार्यालय पर्साको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालको कार्यकक्षमा नागरिकता पाउदा आमा छोराले अनागरिक बाट विधिवत नागरिक भएको पाउदा खुशी व्यक्त गरे । 

उनीहरुले जिल्ला प्रशासन कार्यालय पर्सा तथा सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साललाई विषेश आभार व्यक्त गरेका थिए । सशस्त्र प्रहरीको असई रहेका पर्सागढी नगरपालिका ९ निवासी सिकेन्द्र प्रसाद कुवंरले श्रीमती र छोरालाई दुई दशक देखी अलपत्र पारेको र अदालतबाट अंश र नाता कायम भएपनि नागरिकता नबनाएको अवस्था देखेर सिकेन्द्र कार्यरत रहेको सशस्त्र प्रहरीको झापा ३८ नम्बर गणबाट झिकाउन लगाएर आमा छोरालाई नागरिकता प्रदान गरेको सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले बताए । 

पर्सागढी नगरपालिकाको वडा नम्बर ९ मा २०५७ सालमा रिमा देवी थरुइनको आफनै गाउले सिकेन्द्र प्रसाद कुवंर संग विवाह भएको थियो । विवाह भएको दोश्रो वर्ष छोरा गर्भमा बसेपछि श्रीमतीलाई छोडेर सिकेन्द्र सशस्त्र प्रहरी जवानमा भर्ना भए त्यसपछि उनी कहिलै श्रीमतीको वास्ता गरेन्न , २०५८ साल को भदौमा छोरा सागरको जन्म भयो । 

विपन्नताको अवस्थामा श्रीमानले छोडेर गएपछि छोराको लालन पालन तथा आफनो गर्जो टार्न निकै समस्या व्योहर्नु परेको रिमा थरुइनले बताईन । विवाहको २३ वर्ष पश्चात छोरा र आफु नागरिक भएको पाउदा खुसीले आसु झार्दै रिमाले आफनो र बच्चाको नागरिकता दिन लगाएकोमा आभार व्यक्त गरिन ।

छोरा २२ वर्षको भएपनि नागरिकता नभएकै कारण धेरै हैरानी खेपनु पयौ, उसको जन्मदर्ता पनि किर्ते हो भनेर चार वर्ष अगाडी श्रीमानले आदालतमा मद्दा दिए तर आदालतले जन्म दर्तालाई सदर गर्दै नाता र अंश समेत कायम गरेपछि अनागरिक हुनेको पिडा अन्त भएको थरुईनले सुनाईन । 

नागरिकता नभएको पिडा असहनिय हुने गरेको र राज्यको कुनै पनि सुविधा र अधिकारबाट समेत बन्चित हुने अवस्थाले आफुहरु मुक्ती पाएको बताईन । पर्सागढी वडा नम्बर ९ का अध्यक्ष रामबडाई यादवले बाउको कारण नागरिकताबाट बन्चीत आमा र छोराको नागरिकतामा सिफरिस गर्न जिल्ला प्रशासन मै पुगेका थिए ।

श्रीमानको कारण आमा छोरा धेरै नै पिडादायी अवस्थाको सामना गरेको सुनाउदै यादवले अदालतले नाता र अंश कायम गरेतापनि सिकेन्द्र प्रसाद कुवरले नागरिकता बनाउन आलटाल गर्दै आएको र यसपालि प्रशासन कै सहयोगमा उसलाई झिकाएर श्रीमती र छोरालाई नागरिकता दिइएको बताए । सिकेन्द्रले अर्को विवाह गरेको र दोश्रो श्रीमतीबाट पनि दुई जना संतान रहेकोले उसले नागरिकता बनाउन आलटाल गर्दै आएको यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्