वीरगन्ज महानगरले ३ अर्ब ३३ करोड ६३ लाखको बजेट ल्यायो
प्रस्तुत बजेटमा चालूतर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार र पूँजीगततर्फ एक अर्ब २६ करोड ६४ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको हो । महानगरपालिकाको कूल बजेटमध्ये अधिकांश बजेट संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने ससर्त अनुदान नै हो ।बजेटमा महानगरपालिकाको आफ्नो आन्तरिक आय व्यवस्थापनबाट प्राप्त रकम पनि समावेश गरेको उपमेयर आलमले जनाए । वीरगन्ज महानगरले चालु आर्थिक वर्षका लागि ३ अर्ब ५५ करोडको बजेट ल्याएको थियो ।