पर्सामा लागुऔषध मुद्दाको चाप बढदो

४०% बन्दी र ६०% थुनवा लागुऔषधका

सम्वादाता | २०७९ असार १२ गते २०: १९ मा प्रकाशित

वीरगञ्ज - पर्सामा लागुऔषध मुद्दाको चाप बढदै गएको छ । खुल्ला सिमानाका कारण हुने ओसार पसार तथा मुख्य नाका ट्रान्जिप्टको रूपमा प्रयोग भएकोले पर्सा प्रहरीलाई आधीभन्दा बढी लागूऔषधको मुद्दामा समय खर्चिनु परेको हो ।
आईतवार जिल्ला प्रशासन कार्यालय पर्सामा लागू पदार्थ दुरूपयोग तथा ओसार पसारको अन्तरास्ट्रिय दिवशको अवसरमा आयोजित सरोकारवालाको बैठकमा पर्सा प्रहरीले प्रस्तुत गरेको तथ्यांकअनुसार बीरगन्ज कारागारमा ४० प्रतिशत बन्दी र जिल्ला प्रहरी कार्यालय पर्सामा ६० प्रतिशत थुनवा लागुऔषध मुद्दा कै रहेका छन ।
बीरगन्जमा रहेको ९ वटा सुधार केन्द्रमा ३ सय १५ सेवनकर्ता रहेका छन । त्यसैगरि जेष्ठ सम्ममा जिल्ला प्रहरी कार्यालय पर्सामा २ सय १६ जना लागुऔषध मुद्दामा नियंत्रणमा परेका छन । बैठकले लागुपदार्थ दुरुपयोग तथा ओसार पसारलाई नियंत्रण र सेवनकर्तालाई सुधारगरि समान्य जिवनमा फर्काउन सरोकारवाला सरकारी गैरसरकारी निकायले विभिन्न निर्णय गरेको छ ।
यस्कालागि बैठकले ओसार पसार र दुरुपयोग नियंत्रणकोलागि विविध निर्णय गरेको हो । जिल्ला समन्व्य तथा अनुगमन समितिले जिल्लामा रहेको पुनर्स्थापन केन्द्रहरूको मापदण्ड अनुसार अनुगमन,व्यवस्थापन गर्ने निर्णय गरेको छ । बीरगन्जमा सेवा प्रदायक केन्द्रको अनुगमनमा मापदण्डअनुसार व्यवस्थापन नभएको पाईएको अनुगमन समितीले रिपोर्ट प्रस्तुत गरेको र आउदा दिनमा रिहायब सेन्टरको व्यवस्थापन मापदण्डअनुसार गराउने निर्णय भएको छ । यसैगरि सिमावर्ती नागरिक र विधार्थीलाई लक्ष्यित गरि चेतनामुलक कार्यक्रम गर्ने निर्णय भएको छ ।
अनुगमन संयत्रलाई प्रभावकारी बनाउदै पालिकाहरूलाई यस अभियानमा सहभागी गराउदै लागुऔषध नियंत्रणको कार्यक्रम गर्ने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल ,प्रहरी उपरिक्षक रमेश बस्नेत , सशस्त्र प्रहरीका उपरिक्षक तेज प्रसाद पोखरेल ,नेपाल पत्रकार महासंघका अध्यक्ष अनुप तिवारी,रिकभरिंग नेपालका बिनय लामा, विजामका निरज साह लगायतका सरोकारवालाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्