नेपाल पत्रकार महासंघ मधेस प्रदेशको संगठन समितिमा बन्जारा

अगामी बैठकबाटै विभिन्न समितिहरुमा सदस्यहरु थप गरी पूर्णता दिइनेछ ।

सम्वादाता | २०७९ असार १० गते १८: ३१ मा प्रकाशित


वीरगन्ज– नेपाल पत्रकार महासंघ प्रादेशिक समिति मधेस प्रदेशको छैठौँ बैठक जनकपुरमा सम्पन्न भएको छ । बैठकले विभिन्न ५ वटा समिति गठन गरेको छ । संगठन समितिको संयोजकमा महासचिव श्याम बन्जारा, अनुसाशन समितिको संयोजकमा सचिव अजित सिंह, अर्थ समितिको संयोजकमा कोषाध्यक्ष विश्वनाथ ठाकुर, जिल्ला अनुगमन समितिमा शैलेन्द्र झा र अध्ययन अवलोकन भ्रमण समितिमा हदिश खुद्दार चयन भएका छन् ।
समितिहरुको काम, कर्तव्य र अधिकार एवं आवश्यक कार्यविधि अगामी बैठकबाट तय गरिने प्रदेशिक समितिका महासचिव श्याम बन्जाराद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । अगामी बैठकबाटै विभिन्न समितिहरुमा सदस्यहरु थप गरी पूर्णता दिइनेछ । यसैगरि बैठकले प्रादेशिक कार्य समितिका उपाध्यक्ष रामानन्द गुप्ताको निधन भैसकेको र सचिव भोला पासवान कन्चनपुर नगरपालिकाको मेयरमा चुनाव लडेका कारण पदमुक्त भइसकेकाले कार्यसमिति संख्या १९ मात्र कायम रहने निर्णय समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्