वर्षाले खेल रद्द भएपछि नेपाल सेमिफाइनलबाटै बाहिरियो

एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ ।

सम्वादाता | २०७९ असार १० गते १३: २५ मा प्रकाशित

काठमाडौं - एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ । युएईविरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरेपनि वर्षा बाधक बन्दा खेल रद्द भयो र युएई फाइनल पुगेको छ ।

मलेसियामा टस जितेर पहिले बलिङ गरेको नेपालले युएईलाई ८१ रनमा अलआउट गरेको थियो । नेपालका अस्मिना कर्माचार्यले ५ विकेट लिएकी थिइन् ।

तर वर्षाका कारण नेपालले जवाफी ब्याटिङ गर्न पाएन । र, नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ । समूहमा युएई विजेता बनेको थियो भने नेपाल आफ्नो समूहमा उपविजेता बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्