नागरिकता प्रमाणीकरण नगर्ने राष्ट्रपतिको असंवैधानिक कदम बारे जसपाको अन्तरक्रिया कार्यक्रम

नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको असंवैधानिक कदम मधेसीलाई नागरिकताबाट बन्चित गर्ने षडयन्त्र भएको जसपाका नेताहरु बताएका छन्

सम्वादाता | २०७९ असोज ८ गते १७: ३८ मा प्रकाशित

वीरगन्ज – जनता समाजवादी पार्टी (जसपा) पर्साका नेताहरुले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदम मधेसीलाई नागरिकताबाट बन्चित गर्ने षडयन्त्र भएको बताएका छन् ।

वीरगन्जमा शनिबार जसपा पर्साले आयोजना गरेको नागरिकता प्रमाणीकरण नगर्ने राष्ट्रपतिको असंवैधानिक कदम बारे अन्तरक्रिया कार्यक्रममा जसपाका नेताहरुले राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष केपी ओलीको ईशारामा नागरिकता विधेयक प्रमाणीकरण नगरेको आरोप लगाए । उनीहरूले नागरिकता विधेयक फेल गराउनु सदियों देखिको मधेसी माथिको विभेदलाई निरन्तरता दिनु भएको पनि बताए ।

जसपाका नेता ,कार्यकर्ताका साथै उक्त पार्टी निकटका बुद्धिजीवी , प्राध्यापक,शिक्षक , अधिवक्ताहरु सहभागी अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति भण्डारी र त्यसमा भूमीका खेल्ने एमाले पार्टीको जनताका बिचमा गएर भण्डाफोर गर्नुपर्नेमा जोड पनि दिए ।

उनिहरुले अंवैधानिक कदम चाल्ने राष्ट्रपति भण्डारीलाई नैतिकताको हिसाबले अब एक क्षण पनि पदमा बस्न नमिल्ने भएकाले राजिनामा दिएर राष्ट्रपति पदको गरिमालाई कायम राख्न सुझाव पनि दिए । गैर संवैधानिक कदम चाल्ने राष्ट्रपति भण्डारीको बचाउमा उत्रिएर एमाले र उसका अध्यक्ष केपि ओली मधेस र मधेसी विरोधी रहेको तथ्य फेरि पनि पुष्टि भएको उनिहरुको तर्क थियो ।

ओलीले आफनो पालामा ल्याएको नागरिकता अध्यादेश सहजै प्रमाणीकरण गरिदिने राष्ट्रपतिले अहिलेको सरकारले ल्याएको नागरिकता विधेयक प्रमाणीकरण नगर्दा उनको दलीय चरित्र उदाङ्गिएको जसपाकम नेताहरुको भनाई थियो ।

जसपा पर्साका सचिव तबरेज अहमदको अध्यक्षतामा भएको कार्यक्रममा, राजनीतिक समिति सदस्य देवेन्द्र मिश्र, प्रदेशसभा सदस्य करिमा बेगम, जसपाका केन्द्रीय सदस्य जनार्दन यादव, सह इन्चार्ज महाराज यादव,मुकेश द्विवेदी, प्रेमबाबु पटेल , सलमा खातुन, लगायत युवा विद्यार्थीहरुको उल्लेख्य सहभागीता थियो ।कार्यक्रमलाई समापन गर्दै जिल्ला सचीव अहमद्ले राष्ट्रपतिको अहिले सम्मको समग्र गतिविधिलाई गर्ने हो भन्ने उनी देशको राष्ट्रपति नभएर ओलिको टोलि सदस्य भएर अहिले सम्मको प्राप्त उप्ल्बधी माथि गम्भीर प्रहार गरेका छिन, जसको हामीले गम्भीर रूपमा प्रतिपाद गर्नु पर्ने देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्